आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष ८, २०७५
|
|
४४ पटक हेरिएको
Shares
आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै

सारांश

  • काठमाडौं ।
  • आजदेखि काठमाडौंमा सरकारी वकीलहरुको सम्मेलन हुँदैछ ।
  • नयाँ बनेको अपराधसंहिता प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सरकारी वकिलहरुको दोस्रो सम्मेलन काठमाडौंमा हुन लागेको हो ।

काठमाडौं । आजदेखि काठमाडौंमा सरकारी वकीलहरुको सम्मेलन हुँदैछ । नयाँ बनेको अपराधसंहिता प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सरकारी वकिलहरुको दोस्रो सम्मेलन काठमाडौंमा हुन लागेको हो । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ।

भदौ १ बाट लागू भएको मुलुकी अपराधसंहिताको कार्यान्वयन प्रभावकारी बनाई कानुनको शासन कायम गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।

‘दोस्रो राष्ट्रिय सम्मेलन आइतबारदेखि मंगलबारसम्म चल्नेछ। सम्मेलनमा ३ सय बढी सरकारी वकिलको सहभागिता रहने बताइएको छ। सम्मेलनमा पर्यवेक्षकको रुपमा न्यायपालिका, नेपाल प्रहरी, नेपाल बार, मन्त्रालय, विभाग, मुख्य न्यायाधिवक्ताको कार्यालयबाट विधिविज्ञान विज्ञ सहभागी हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?