अशक्तको सहारामा रोल्पाका तीन बालबालिका

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ५, २०७४
|
|
६१ पटक हेरिएको
Shares
अशक्तको सहारामा रोल्पाका तीन बालबालिका

सारांश

  • रोल्पा, ५ पुस,उमेर भर्खर २२ वर्ष भए पनि विष्णुमाया वली हिँडडुल गर्न सक्दिनन् ।
  • पाँच वर्ष अघिदेखि प्यारालाइसिसको संक्रमणबाट पीडित उनका हातखुट्टा राम्रोसँग चल्दैनन् ।
  • आफैँ अपांग विष्णु तीनजना नाबालक भदैको सहारा बनेकी छिन् ।

रोल्पा, ५ पुस,उमेर भर्खर २२ वर्ष भए पनि विष्णुमाया वली हिँडडुल गर्न सक्दिनन् । पाँच वर्ष अघिदेखि प्यारालाइसिसको संक्रमणबाट पीडित उनका हातखुट्टा राम्रोसँग चल्दैनन् । आफैँ अपांग विष्णु तीनजना नाबालक भदैको सहारा बनेकी छिन् ।

पुख्र्यौली घर रोल्पाको रांकोट छाडेर विष्णुका दाजु बालाराम वलीको परिवार पाँच वर्षअघि सदरमुकाम लिवाङ आयो । गाउँमा रहेको पाखो जग्गा बेचेर सदरमुकाम आएको वली परिवारले सानो घर बनाएर बसेको थियो । बालाराम वैदेशिक रोजगारीमा गए । विदेशमा कमाइ त्यति राम्रो नभएका कारण उनले पठाएको पैसा घर खर्चमै सकिने गर्दथ्यो ।

यसैबीच, बालारामकी श्रीमती यमुना वली बिरामी परिन् । यमुनाको उपचारका लागि विभिन्न ठाउँ लगियो । ऋण गरेर यमुनाको उपचार गरेको भएपनि रक्त क्यान्सरको बिरामी यमुनाको गत साल ३५ वर्षको उमेरमा निधन भयो ।

भाउजु यमुनाको मृत्यु हँुदा विष्णुसँग तीन नाबालक भदा भदै चार वर्षीय शिव, सात वर्षीया चेतना र १३ वर्षीया कमला साथमा थिए । दाजु विदेश रहेका कारण भाउजुको मृत्युको खबर पु¥याउन निकै समस्या भएको उनले स्मरण गरिन् ।

भाउजुको मृत्यु भएको केही दिनपछि दाजु बालाराम घर आई किरिया गरेको कमलाले बताइन् । कम्पनीबाट २० दिनको छुट्टीमात्रै पाएका कारण दाजु तत्काल विदेश फर्केको उनले बताइन् । विदेशमा कमाइ पनि राम्रो नभएकाले विष्णुका दाजु घर आउँदा खाली हात आएकाले विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगमा भाउजुको काजक्रिया गरेको उनले बताइन् ।

अहिले विदेश रहेका दाजुले चार÷पाँच महिनाको एकपटक रु १०÷१५ हजार पठाउने गरेको उनले बताइन् । त्यही पैसाले सबै खर्च पु¥याएका छौँ, उनले भनिन् ।

वली परिवार बस्ने लिवाङ लहरीखोलाबाट करिब आधा घण्टाको दूरीमा दुईवटा निजी विद्यालय भए पनि शिव, चेतना र कमला एक घण्टा पैदल हिँडेर सामुदायिक विद्यालय पुग्छन् ।

नजिकको विद्यालय पढ्न त पैसा चाहियो नि, कहाँबाट ल्याउने र पैसा ? विष्णुले भनिन् । घरमा के खाउँ, के लाउँको अवस्था छ, बोर्डिङ पढाउने त सपनाको कुरा हो, विष्णु भन्छिन् ।

चारवर्षे शिव, सात वर्षे चेतना दैनिक दुई घण्टा पैदल हिँडेर विद्यालय आवतजावत गर्छन् । खोलाको बाटो भएका कारण वर्षात्को समयमा कसरी आवतजावत गर्लान् भन्ने चिन्ताले सताइरहन्छ, उनी भन्छिन् ।

कमलाले अध्ययन गर्दै गरेको विद्यालयले एसइइ परीक्षाको तयारीका लागि मंसिरदेखि चैतसम्म सबै विद्यार्थीलाई होस्टेल राख्ने गरेको छ । कमला पनि एसइइ परीक्षाको तयारीका लागि होस्टेल बस्नुपर्ने भयो । होस्टेल बस्नका लागि केही शुल्क जम्मा गर्ने अभिभावकको भेलाले निर्णय गरेको उनले सुनिन् । पैसा कहाँ खोज्ने भन्ने चिन्ताले उनलाई पिरोली रह्यो ।

कमलाले छिमेकमा समेत ऋण गर्न खोजिन् । धेरैसँग अनुनय विनय गर्दा बल्ल तल्ल ऋण पाएर विद्यालयमा जम्मा गरेपछि होस्टेल बसेर पढ्न पाउने भइन् । अहिले कमला होस्टेल बसे पनि उनको मन भने घरमै छ । अपांग फूपू अनि साना भाइ बहिनीले के खाए होलान् भन्ने चिन्ताले पिरोल्ने गर्छ उनलाई ।

आफ्नो समस्याका बारे विद्यालयमा जानकारी नगराएको कमलाले बताइन् । विद्यालयमा आफँै कसरी भन्ने ?, अभिभावक छैनन् । बुबाले विदेशबाट पठाएको पैसाले कापी कलम किन्ने गरेको उनले बताइन् ।

विद्यालयले केही महिना अगाडि नयाँ विद्यालय पोशाक थप गर्दा समेत किन्न समस्या परेको थियो, बल्लबल्ल किनेँ, कमलाले भनिन् । कमलाको घरको अवस्थाका बारेमा आफूहरुलाई कसैले जानकारी नदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई होस्टेलमा केही सहुलियत दिन सकिने न्यौपानेले बताउनुभयो ।

प्यारालाइसिसको बिरामी विष्णुले पैसाको अभावले उपचार गर्न छोडिन् । केही वर्ष दाङमा रहेको दिदीको घरमा बसेर दुई वर्ष पहिलेदेखि मात्र दाइको घरमा बस्न थालेकी हुन् । पैसा छैन केले उपचार गर्ने र ? विष्णुले भनिन् । हिँडडुल गर्न सक्दिनँ, घस्रिएर यताउती गर्नुपर्छ, भदाभदैले दाउरा, पानीको व्यवस्था गरे भने भान्सासम्म तयार गरिदिन्छु, विष्णुले भनिन् ।

वैदेशिक रोजगारीका लागि खाडीमुलुक जाने रोल्पालीको संख्या चालिसाँै हजारभन्दा बढी छ । धन कमाउन विदेशिएका कयाँै रोल्पालीको शव रातो बाकसमा फर्किएका छन् भने कयौँको घरबार समेत यसैगरी लथालिङग भएका छन् ।

स्वदेशमै रोजगारीका अवसर सिर्जना हुनसके अकालमै मृत्युवरण गर्ने तथा घरबार लथालिंग हुने अवस्थाबाट मुक्त हुने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोजना प्रमुखलाइ काठमाडौं छाड्न कुलमान घिसिङको चेतावनी !
आयोजना प्रमुखलाइ काठमाडौं छाड्न कुलमान घिसिङको चेतावनी !
केपीलाई हानेको प्रहार आफैतिर फर्किएपछि तनावमा प्रचण्ड !
केपीलाई हानेको प्रहार आफैतिर फर्किएपछि तनावमा प्रचण्ड !
राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता
राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता
मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘
मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘
को हुन् ३० औं आईजीपीमा नियुक्त कुँवर?
को हुन् ३० औं आईजीपीमा नियुक्त कुँवर?
नेकपाका अध्यक्षद्धयले कार्यदल सदस्यहरूलाई बालुवाटार बोलाए
नेकपाका अध्यक्षद्धयले कार्यदल सदस्यहरूलाई बालुवाटार बोलाए
२१औँ शताब्दीमा कम्युनिष्ट आन्दोलन हाँक्न सकिँदैन: मुख्यमन्त्री गुरुङ
२१औँ शताब्दीमा कम्युनिष्ट आन्दोलन हाँक्न सकिँदैन: मुख्यमन्त्री गुरुङ
आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै
आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै
आरजू देउवा भन्छिन्- अब डडेल्धुरामा अर्को घर बनाउँछु
आरजू देउवा भन्छिन्- अब डडेल्धुरामा अर्को घर बनाउँछु
ग्यास सिलिण्डर पड्कँदा चार घर नष्ट
ग्यास सिलिण्डर पड्कँदा चार घर नष्ट

तपाईंले छुटाउनुभयो कि?