२१औँ शताब्दीमा कम्युनिष्ट आन्दोलन हाँक्न सकिँदैन: मुख्यमन्त्री गुरुङ

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १०, २०७५
|
|
३३ पटक हेरिएको
Shares
२१औँ शताब्दीमा कम्युनिष्ट आन्दोलन हाँक्न सकिँदैन: मुख्यमन्त्री गुरुङ

सारांश

  • लमजुङ, १० असार ।
  • लमजुङमा नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला समितिको कार्यालय उद्घाटन गरिएको छ ।
  • शनिबार प्रदेश ४ का मुख्यमन्त्री एवम् नेकपाका नेता पृथ्वी सुब्बा गुरुङले बेसीशहरमा उदघाटन गरेका हुन् ।

लमजुङ, १० असार । लमजुङमा नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला समितिको कार्यालय उद्घाटन गरिएको छ ।

शनिबार प्रदेश ४ का मुख्यमन्त्री एवम् नेकपाका नेता पृथ्वी सुब्बा गुरुङले बेसीशहरमा उदघाटन गरेका हुन् ।

बेसीशहर नगरपालिका– ८ स्थित तत्कालीन एमालेको पार्टी कार्यालय (मदन आश्रित स्मृति भवनमा) रहने गरी कार्यालय उदघाटन गरिएको हो ।

जडसुत्रवादी सोचले २१औँ शताब्दीमा कम्युनिष्ट आन्दोलन हाँक्न सकिँदैन

कार्यालयको उद्घाटन गदै मुख्यमन्त्री गुरुङले विश्व कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासको संक्षित रुपमा चर्चा गर्दै जडसुत्रवादी सोचले अबको २१औँ शताब्दीमा कम्युनिष्ट आन्दोलन हाँक्न नसकिने बताए ।

उनले नेपाली जनताको आशा र चाहना अनुसार दुई दलका विचमा एकता भएको बताउँदै तीनै तहको निर्वाचनले मुलुकमा समृद्धको ढोका खुलेको बताए । उनले उक्त जिम्मेवारी पुरा गर्ने दायित्व आफूहरूको काँधमा आएको बताए ।

मुख्यमन्त्री गुरुङले पार्टीमा भावनात्मक एकताको खाँचो रहेको औँल्याउँदै असमझदारीलाई नियन्त्रण गरी धैर्यले काम लिऔँ भन्ने दिर्नेशन कार्यकर्तालाई दिए । नेकपाका नेता तथा प्रदेश सभाका सांसद मायानाथ अधिकारीले विधान बन्ने काम जारी भएकाले तत्कालका लागि दुवै दलबाट पाँच रपाँच जना रहने गरी कार्यदल बनाइएको बताए ।

दलको जिल्ला समन्वय समितिमा मायानाथ अधिकारी, पारसमणि पौडेल, धनञ्जय दवाडी, बुद्धिराम तमु, गुमानसिंह अर्याल, लालबहादुर गुरुङ, कृष्णप्रसाद अधिकारी, मधु अधिकारी र सुभास पौडेल रहेका छन् । त्यस्तै कार्यालय व्यवस्थापन समितिमा कृष्णप्रसाद अधिकारी, मेखबहादुर भण्डारी, सुनिल सुनार, जीवराज घले र सुभास पौडेल रहेको समितिका सदस्य मेखबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?