चार महीनादेखि स्वास्थ्यकर्मीले तलब पाएनन्

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन १०, २०७५
|
|
४७ पटक हेरिएको
Shares
चार महीनादेखि स्वास्थ्यकर्मीले तलब पाएनन्

सारांश

  • दमौली, १० फागुन, तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
  • अस्पतालमा कार्यरत ६० मध्ये करारका ५७ स्वास्थ्यकर्मी र कर्मचारीले असोज महीनादेखिको तलब नपाएको गुनासो गरेका हुन् ।
  • तीन स्वास्थ्यकर्मी सरकारले काजमा खटाएको स्थायी दरबन्दीका हुन् ।

दमौली, १० फागुन, तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

अस्पतालमा कार्यरत ६० मध्ये करारका ५७ स्वास्थ्यकर्मी र कर्मचारीले असोज महीनादेखिको तलब नपाएको गुनासो गरेका हुन् । तीन स्वास्थ्यकर्मी सरकारले काजमा खटाएको स्थायी दरबन्दीका हुन् । चार महीनादेखि तलब नपाउँदा समस्या भएकोे प्रशासन शाखामा कार्यरत नायव सुब्बा पूजा कार्कीले बताउनुभयो ।

सिन्धुली घर भई उपचार केन्द्रमा कार्यरत उहाँले मासिक खर्चका लागि घरबाटै रकम मगाउनुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आफ्नै जागिर भए पनि तलब नपाउँदा घरबाटै मागेर गुजारा टारिरहेको छु ।” उहाँका अनुसार करारका कर्मचारीको म्याद थप नहँुदा अन्योलको स्थिति सिर्जना भएको छ ।

उपचार केन्द्रका प्रमुख डा रामकुमार श्रेष्ठले सरकारले बजेट विनियोजन नगर्दा तलब खुवाउन नसकिएको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा सरकारले अस्पतालका लागि अत्यन्तै न्यून बजेट पठाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले अस्पतालमा कार्यरत कर्मचारीको तलबभत्ता र प्रशासनिक खर्चमा रु २० लाख पठाएको थियो । तर एक महीनामा तलबभत्तामा रु १५ लाख खर्च हुन्छ ।”

उहाँका अनुसार सरकारले पठाएको रकमले एक महीनाको तलब खुवाउन पुगेको छ । उहाँले सरकारले पठाएको रकमबाट साउन महीनाको तलब दिएर रु पाँच लाख बचेको र अस्पतालको आन्तरिक रकम थप गरेर भदौ र असोज महीनाको तलबभत्ता भुक्तान गरिएको बताउनुभयो ।

विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयअनुसार सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व हस्तान्तरण गरी श्वासप्रश्वास उपचार केन्द्र सञ्चालन गरिएको हो । लामो समयदेखि सञ्चालन भएको अस्पतालमा छुट्टै श्वासप्रश्वास उपचार केन्द्र स्थापना हुनसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
नेपाल–चीन राजमार्ग सञ्चालनमा !
नेपाल–चीन राजमार्ग सञ्चालनमा !
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
निगम नेतृत्वले कमिसन खान खोज्दा वाइडबडीको जापान उडान स्थगित(भिडियोसहित)
निगम नेतृत्वले कमिसन खान खोज्दा वाइडबडीको जापान उडान स्थगित(भिडियोसहित)
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
चिनियाँ राष्ट्रपतिका लागि सोल्टी होटल शनिबार र आइतबार पुरै रिजर्भ
चिनियाँ राष्ट्रपतिका लागि सोल्टी होटल शनिबार र आइतबार पुरै रिजर्भ
ओलीद्वारा प्राविधिक सीपयुक्त शिक्षामा जोड दिन आग्रह
ओलीद्वारा प्राविधिक सीपयुक्त शिक्षामा जोड दिन आग्रह
धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै
धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै
सेयर बजार २९ अंकले घट्याे
सेयर बजार २९ अंकले घट्याे
सचेतनाका लागि नागरिक सुनुवाइ
सचेतनाका लागि नागरिक सुनुवाइ

तपाईंले छुटाउनुभयो कि?