प्रदेश नं ३ का सांसदले गरे सह्रानिय काम

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
प्रदेश नं ३ का सांसदले गरे सह्रानिय काम

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौँ, २८ असाेज। प्रदेश नं ३ का सांसद रामेश्वर फुँयालले छोरी युना फुँयालको जन्मदिनका अवसरमा दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । सांसद फुँयालले जन्मदिनको अवसरबाट सङ्कलित रकम कागेश्वरी मनोहरा–१ मा सञ्चालित दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई नगद रु १०÷१० हजार छात्रवृत्ति प्रदान गरेका हुन् ।

यसैगरी निवन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई समेत जन्मदिनको अवसरमा सङ्कलित भएको रकम प्रदान गरिएको छ । कागेश्वरी मनोहरा वडा नं १, २ र ३ का चार सामुदायिक विद्यालयबीचको प्रतियोगितामा सहभागी दुई विद्यार्थीलाई नगद रु पाँच हजारका दरले पुरस्कृत गरिएको हो ।

(hopeclinical.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?