आजको मौसमः चार प्रदेशमा पानी पर्ने

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ३, २०८०
|
|
५२ पटक हेरिएको
Shares
आजको मौसमः चार प्रदेशमा पानी पर्ने

सारांश

  • काठमाडौं।
  • हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।
  • साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी र लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , बागमती र गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोले यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था
निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था
आगलागीबाट धनमाल क्षति
आगलागीबाट धनमाल क्षति
काँग्रेसलाई सुधारको खाँचो छ, सभापतिलाई दबाब दिन्छु : नेता सिंह
काँग्रेसलाई सुधारको खाँचो छ, सभापतिलाई दबाब दिन्छु : नेता सिंह
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
अब खुल्ने भो इजरायल !!! सुरुमा १५ सय नेपाली कामदार लगिने…
अब खुल्ने भो इजरायल !!! सुरुमा १५ सय नेपाली कामदार लगिने…
केशव लम्साल  बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
केशव लम्साल बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
हेर्नुहोस् प्रदेशसभाका ३३ सीटमा माओवादी उम्मेदवारको सूची
हेर्नुहोस् प्रदेशसभाका ३३ सीटमा माओवादी उम्मेदवारको सूची
आजको राशिफल
आजको राशिफल
मलाई लाग्यो, ऊ मलाई आँखाले बलात्कार गरिरहेको छ ।
मलाई लाग्यो, ऊ मलाई आँखाले बलात्कार गरिरहेको छ ।
कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक
कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?