बल्ल भेटियो पहिलो विश्वयुद्धमा हराएको जहाज

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ६, २०७४
|
|
६६ पटक हेरिएको
Shares
बल्ल भेटियो पहिलो विश्वयुद्धमा हराएको जहाज

सारांश

  • लगातार एक सय तीन वर्षको खोजी पछि पहिलो विश्व युद्ध ताका हराएको अष्ट्रेलियाई पानी जाहाज फेला परेको छ ।
  • पहिलो विश्व युद्धमा अलाइड तर्फबाट युद्धमा भाग लिएको अष्ट्रेलियोको एचएमएएस एई वान पानीजहाज पापुवा न्यु गुयानाको राबाउलबाट सम्पर्क विहिन भएकको थियो ।
  • सन १९१४मा हराएको यो पानीजहाजमा ३५ जना अष्ट्रेलियाई र बेलयाती सैनिक सवार थिए ।

लगातार एक सय तीन वर्षको खोजी पछि पहिलो विश्व युद्ध ताका हराएको अष्ट्रेलियाई पानी जाहाज फेला परेको छ । पहिलो विश्व युद्धमा अलाइड तर्फबाट युद्धमा भाग लिएको अष्ट्रेलियोको एचएमएएस एई वान पानीजहाज पापुवा न्यु गुयानाको राबाउलबाट सम्पर्क विहिन भएकको थियो । सन १९१४मा हराएको यो पानीजहाजमा ३५ जना अष्ट्रेलियाई र बेलयाती सैनिक सवार थिए । सो पानीजहाजको खोजीमा गठित १३ औं मिसनले पापुवा न्यु गुयानको ड्युक अफ योर्क द्विप नजिकैबाट फेला पारेको हो ।
लामो समयको खोजी पछि जहाज भेटिदा अष्ट्रेलिया सरकारले एउटा ठुलो रहस्यको पर्दाफास भएको टिप्पणी गरेको छ । त्यस्तै त्यहाँ रक्षामनत्री मरिस पाइनेले अष्ट्रेलियाको जल सेनाको इतिहासकै सबै भन्दा ठुलो रहस्य खुलेको बताएका छन । अलाइड तर्फबाट युद्धमा सहभागी हँदा अष्ट्रेलियाको तर्फबाट भएको यो पहिलो ठुलो क्षति थियो । खोजी दलले समुद्र भित्र ड्रोनको मदतले सो खोजी गर्न सकेको हो । खोजी दलले तीन सय मिटर मुनीबाट सो जहाजको अवशेष फेला पारेको बताइएको छ । पानी जहाज भेटिएपछि अष्ट्रेलिया सरकार पीडित परिवारलाई जानकारी गराउने प्रयास गरिरहेको छ । हराएको जहाज भेटिएको खबरले पीडित परिवारलाई शान्ति दिने सरकारको सोचाई छ । यसैबीच अष्ट्रेलिया सरकार जहाज भेटिएपछि जाहाज डुब्नुको कारण समेत पत्ता लाग्ने अपेक्षा गर्न थालेको छ ।।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक , हेर्नुहोस कस्ले कहाँ जिते लिस्ट सहित
प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक , हेर्नुहोस कस्ले कहाँ जिते लिस्ट सहित
प्रधानन्यायाधीश ताेक्न संवैधानिक परिषदको बैठक आज बस्दै
प्रधानन्यायाधीश ताेक्न संवैधानिक परिषदको बैठक आज बस्दै
चुनावमा भिड्दा पनि आन्तरिक व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो सिन्धुपाल्चोकमा
चुनावमा भिड्दा पनि आन्तरिक व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो सिन्धुपाल्चोकमा
दैलेखको पादुका पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली आउँदै
दैलेखको पादुका पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली आउँदै
प्रिमियरमै दर्शक रुवाउन सफल ‘गौँथली’: अरुण र सिम्रनको जीवन्त अभिनयको चौतर्फी प्रशंसा
प्रिमियरमै दर्शक रुवाउन सफल ‘गौँथली’: अरुण र सिम्रनको जीवन्त अभिनयको चौतर्फी प्रशंसा
सभामुख उम्मेदवार महरा, आज मनोनयन दर्ता
सभामुख उम्मेदवार महरा, आज मनोनयन दर्ता
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए
रसुवा-नुवाकोट बाढी क्षेत्रमा विद्युत् पुनःस्थापना तीव्र: वैकल्पिक ऊर्जाबाट बस्ती उज्यालो बनाइँदै
रसुवा-नुवाकोट बाढी क्षेत्रमा विद्युत् पुनःस्थापना तीव्र: वैकल्पिक ऊर्जाबाट बस्ती उज्यालो बनाइँदै
यी हुन् भोटेकोशी नदी किनारमा ४ करोडको स्विमिङ पुल बनाउने मन्त्री
यी हुन् भोटेकोशी नदी किनारमा ४ करोडको स्विमिङ पुल बनाउने मन्त्री

तपाईंले छुटाउनुभयो कि?