प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष ९, २०७४
|
|
५० पटक हेरिएको
Shares
प्रश्नपत्रमा हदै लापरबाही: नेपाल-अंग्रेजी अनुवादमा भेटियो यस्तो गल्ती

सारांश

  • ‘दशैंमा के–के गरिन्छ’ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी अनुवाद गरिन्छ ?
  • अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो ।
  • धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त झन यो प्रश्न अत्यन्त सहज हुनुपर्ने हो ।

‘दशैंमा के–के गरिन्छ’ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी अनुवाद गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो । धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त झन यो प्रश्न अत्यन्त सहज हुनुपर्ने हो ।

तर परीक्षामा प्रश्नपत्र निर्माणका लागि एकै ठाउँमा जम्मा भएका राजधानीका ४९ वटा सामुदायिक विद्यालयका शिक्षकले भने, ‘दशैंमा के-के गरिन्छ’ लाई अंग्रेजीमा ‘वाट इज कन्फ्लिक्ट’ भनेर अनुबाद गरेका छन् ।

सुन्दा पत्याउन नसकिने यो रोचक घटना काठमाडौंमा संचालित पूर्वी क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा देखिएको हो ।

कक्षा ६ को सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा विषयको पूरै प्रश्नपत्रमा नेपालीमा सोधिएका प्रश्न र त्यसको अंग्रेजी अनुवाद आकाश–जमिनको फरक देखिएको छ ।

तर यस विषयमा न जिल्ला शिक्षा काठमाडौंलाई जानकारी छ न त माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार पाएको स्थानीय तहलाई नै !

नेपाली विषयको पहिलो प्रश्नको ‘क’ नम्बरमा नेपालीमा सोधिएको छ, ‘गाविस भनेको के हो ?’ तर यसलाई अंग्रेजीमा भनिएको छ, ‘हाउ मेनी लेभल अफ गभर्नमेन्ट आर देअर इन फेडरल गभर्मेन्ट सिस्टम ?’

त्यस्तै अर्को प्रश्न नेपालीमा सोधिएको छ, ‘मानव बेचविखन भनेको के हो ?’ यसलाई अंग्रेजीमा सोधिएको छ, ‘ह्वाट इज द फुल फर्म अफ एटिएम ?’

६० पूर्णांक रहेको यस विषयको अधिकांश प्रश्नको नेपाली र अंग्रेजी उच्चारणमा केही पनि मिल्दैन ।

यति हुँदाहुँदै पनि परीक्षा समितिले नयाँ प्रश्नपत्र नछापी गत बिहीबार यही प्रश्नबाट परीक्षा सम्पन्न गरेको छ ।

पूर्वक्षेत्र परीक्षा समितिका अध्यक्ष रहेका नवीनग्राम माध्यमिक विद्यालय नांग्लेभारेका प्रधानाध्यापक गुरुप्रसाद दंगालले भने, छापाखानामा छाप्ने बेला प्रश्नपत्र बिग्रेछ । परीक्षाको दिन मात्रै थाहा पायौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिबन्धित भारु पाँच सय र दुई हजारका नोट चल्तीमा
प्रतिबन्धित भारु पाँच सय र दुई हजारका नोट चल्तीमा
संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन
संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन
बाटो हिंड्दा स्यालले टोकेर हैरान
बाटो हिंड्दा स्यालले टोकेर हैरान
Here are some inside pictures from Sonam Kapoor and Anand Ahuja’s fairy-tale wedding!
Here are some inside pictures from Sonam Kapoor and Anand Ahuja’s fairy-tale wedding!
प्रत्येक मन्त्रीलाई प्रधानमन्त्रीले अनुगमन गर्ने
प्रत्येक मन्त्रीलाई प्रधानमन्त्रीले अनुगमन गर्ने
नगरवासीकाे हितका लागि ३ किलाेमिटर घस्रिए मेयर
नगरवासीकाे हितका लागि ३ किलाेमिटर घस्रिए मेयर
स्व. जीवन आचार्यको कविता कृति लोकार्पण
स्व. जीवन आचार्यको कविता कृति लोकार्पण
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
यो  वर्ष काबुलमा ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते
यो वर्ष काबुलमा ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

तपाईंले छुटाउनुभयो कि?