संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख ८, २०७५
|
|
७० पटक हेरिएको
Shares
संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन

सारांश

  • कञ्चनपुर, ८ वैशाख, शुक्लाफाँटा नगरपालिकाले संस्थागत निजी विद्यालयलाई व्यवस्थित बनाउनका लागि १६ बुँदे निर्देशन जारी गरेको छ ।
  • निजी विद्यालयले अनुमति पत्र सबैले देखिने गरी बिद्यालयमा टाँगेर राख्ने, गतवर्ष जिल्ला शिक्षा कार्यालयले तोकेको शुल्कलाई कामय राख्ने, शैक्षिक तथ्यांक व्यवस्थित रुपमा राख्ने विद्यालय छात्रवृत्ति वितरण कार्यविधिअनुसार कार्यान्वयन गर्न निर्देशन जारी गरिएको छ ।
  • “विद्यार्थी भर्ना हुँदा जन्म दर्ताको प्रमाणपत्र अनिवार्य रुपमा नलिने देखिएकाले जन्म दर्ताको प्रमाणपत्र बिना विद्यार्थी भर्ना गर्न निर्देशन गरेका छौं” नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रघुनाथ अवस्थीले भन्नुभयो ।

कञ्चनपुर, ८ वैशाख, शुक्लाफाँटा नगरपालिकाले संस्थागत निजी विद्यालयलाई व्यवस्थित बनाउनका लागि १६ बुँदे निर्देशन जारी गरेको छ ।

निजी विद्यालयले अनुमति पत्र सबैले देखिने गरी बिद्यालयमा टाँगेर राख्ने, गतवर्ष जिल्ला शिक्षा कार्यालयले तोकेको शुल्कलाई कामय राख्ने, शैक्षिक तथ्यांक व्यवस्थित रुपमा राख्ने विद्यालय छात्रवृत्ति वितरण कार्यविधिअनुसार कार्यान्वयन गर्न निर्देशन जारी गरिएको छ ।

“विद्यार्थी भर्ना हुँदा जन्म दर्ताको प्रमाणपत्र अनिवार्य रुपमा नलिने देखिएकाले जन्म दर्ताको प्रमाणपत्र बिना विद्यार्थी भर्ना गर्न निर्देशन गरेका छौं” नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रघुनाथ अवस्थीले भन्नुभयो ।

“विद्यालयले विद्यार्थी ओसारपसार गर्न प्रयोग गर्ने यातायातको साधन सुन्तला रंगको हुनुपर्ने, अनिवार्य छात्रा शौचालयको व्यवस्था हुनुपर्ने, शुद्ध पेयजलको व्यवस्था, दण्डरहित एवं बालमैत्री वातावरणमा पठनपाठनको व्यवस्था गर्नका लागि संस्थागत विद्यालयका सञ्चालकलाई भनेका छौं” अधिकृत अवस्थीले भन्नुभयो ।

विशेष अवस्थाका बालबालिका मैत्री, परीक्षा केन्द्रित मात्रै नभइ पाठ्यक्रमले तोकेको सिकाइ उपलव्ध केन्द्रित हुनुपर्ने, विद्यालयले तिर्नुपर्ने सरकारी कर समयमै तिरी लेखापरीक्षण अनिवार्य रुपमा गराउनुपर्ने र वार्षिकोत्सव जस्ता कार्यक्रममा राष्ट्रियता झल्किने कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ ।

संस्थागत विद्यालयका लागि जारी निर्देशन कार्यक्रममा संंस्थागत विद्यालयका सञ्चालकको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
निर्मलाका बाबुकाे चुनाैती: प्राण त्याग्नपनि पछि हट्दैन !
निर्मलाका बाबुकाे चुनाैती: प्राण त्याग्नपनि पछि हट्दैन !
नख्खु बमकाण्ड : विप्लवका पूर्व अंगरक्षक पक्राउ
नख्खु बमकाण्ड : विप्लवका पूर्व अंगरक्षक पक्राउ
बिस्केट जात्रामा सिसी क्यामरा
बिस्केट जात्रामा सिसी क्यामरा
वाम गठबन्धन भत्काउन मलाई ५ वर्षकै प्रधानमन्त्रीको प्रस्ताव : प्रचण्ड
वाम गठबन्धन भत्काउन मलाई ५ वर्षकै प्रधानमन्त्रीको प्रस्ताव : प्रचण्ड
मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय
भन्सार कर्मचारीको मिलेमतोमा ‘जुस’को नाममा ‘मदिरा’ भित्रियो
भन्सार कर्मचारीको मिलेमतोमा ‘जुस’को नाममा ‘मदिरा’ भित्रियो
मनाेरञ्जन समाचार : हेमा मालिनी हेलिकप्टरबाट उत्रिन्…अनि गहुँ काट्न थालिन्
मनाेरञ्जन समाचार : हेमा मालिनी हेलिकप्टरबाट उत्रिन्…अनि गहुँ काट्न थालिन्
निर्माण व्यवसायीले दसैंअघि नै ६ अर्ब रुपैयाँ भुक्तानी पाउने
निर्माण व्यवसायीले दसैंअघि नै ६ अर्ब रुपैयाँ भुक्तानी पाउने

तपाईंले छुटाउनुभयो कि?