प्युठानमा जीप दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ११, २०७३
|
|
१५७५ पटक हेरिएको
Shares
प्युठानमा जीप दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

सारांश

  • सलिम अन्सारी।
  • ११ चैत, प्युठान ।
  • धार्मिकस्थल स्वर्गद्धारी दर्शनका लागि आएको जीप भिङ्ग्रीमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सलिम अन्सारी।११ चैत, प्युठान ।

धार्मिकस्थल स्वर्गद्धारी दर्शनका लागि आएको जीप भिङ्ग्रीमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई महिलाको अवस्था गम्भीर छ। बिहिबार आधार शिबिर भिङ्ग्रीमा बास बसेर आज बिहान स्वर्गद्धारी दर्शनका जादै गर्दा रुमाले भन्ने स्थानमा उक्त स्कारपियो जिप दुर्घट्नामा परेको हो।
स्वर्गद्वारी दर्शनका लागि ललितपुर सातदोबाटोबाट आएको बा ८ च १५६१ जीप आज बिहान पौने ८ बजे दुर्घट्नामा परेको प्रहरीले बताएको छ।जिप सडकबाट दुई सय मिटर तल खसेको जनाइएको छ ।
मृत्यु हुनेमा ५ महिला र १ पुरुष रहेका छन् । दुर्घटनामा २ महिला र सवारी चालक गरी तीन जना घाइते भएका छन् ।

घाइते चालक ललितपुर जिल्ला गोठीखेल २ का २१ वर्षीय सरोज घले र एक महिलाको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भैरहेको छ । एक महिलालाई त्यहाबाट बुट्वल रिफर गरिएको प्रहरीले जनाएको छ ।
जीपमा चालक सहित ९ जना यात्रु सवार थिए । दुर्घटनास्थलबाट स्वर्गद्वारी आश्रम तीन किलोमिटरको दूरीमा पर्छ ।
मृतकको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
नेपाली सेना,प्रहरी र स्थानियको सहयोगमा घाइतेको उद्धार गरिएको पौडेलले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले फेरि उठाए सहमतिको कुरा, मन्त्रीहरु फेरिदै
प्रचण्डले फेरि उठाए सहमतिको कुरा, मन्त्रीहरु फेरिदै
मन्त्री अधिकारीसहित सातै जनाको शव लिएर हेलिकप्टर उड्यो
मन्त्री अधिकारीसहित सातै जनाको शव लिएर हेलिकप्टर उड्यो
विपक्षी दललाई मतदान गरेपछि सामूहिक बलात्कार
विपक्षी दललाई मतदान गरेपछि सामूहिक बलात्कार
भीम रावललाई ‘मतिभ्रष्ट’ भन्दै ओलीको व्यङ्ग्यः बुद्धि कोल्टे भएको भर्खर भर्खर डा लेख्न थालेको
धितोपत्र बजार : एक अर्बको कारोबार
धितोपत्र बजार : एक अर्बको कारोबार
श्रीलङ्काको होटल र चर्चमा भयानक बिस्फोट, मृत्यु हुनेको संख्या १६० पुग्यो
श्रीलङ्काको होटल र चर्चमा भयानक बिस्फोट, मृत्यु हुनेको संख्या १६० पुग्यो
जनतामाथि कर थोपर्दै भत्ता लिन रोक, कसको कति सुविधा रोकियो ?
जनतामाथि कर थोपर्दै भत्ता लिन रोक, कसको कति सुविधा रोकियो ?
प्रधानमन्त्री ओली : दाहाल(नेपालसँग देश बनाउने सोच छैन्, माधव नेपाललाई पनि जनताले चिने
प्रधानमन्त्री ओली : दाहाल(नेपालसँग देश बनाउने सोच छैन्, माधव नेपाललाई पनि जनताले चिने
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत
चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने
चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने

तपाईंले छुटाउनुभयो कि?