राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १४, २०७३
|
|
४४९ पटक हेरिएको
Shares
राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू

सारांश

  • व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले सशस्त्र प्रहरीलाई तत्काल पक्राउ पुर्जी जारी गर्ने अनुमति नदिन सरकारलाई सुझाव दिएको छ ।
  • सशस्त्र प्रहरी नियमावली संशोधनले सशस्त्रलाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिएपछि विवाद उत्पन्न भएको थियो ।
  • समितिले डेढ वर्ष लामो अध्ययनपछि तत्काल अधिकार नदिन सुझाव दिएको हो ।

व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले सशस्त्र प्रहरीलाई तत्काल पक्राउ पुर्जी जारी गर्ने अनुमति नदिन सरकारलाई सुझाव दिएको छ । सशस्त्र प्रहरी नियमावली संशोधनले सशस्त्रलाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिएपछि विवाद उत्पन्न भएको थियो । समितिले डेढ वर्ष लामो अध्ययनपछि तत्काल अधिकार नदिन सुझाव दिएको हो ।
२०७२ भदौ ५ गते राज्य व्यवस्था उपसमिति बनाएर अध्ययन थालिएको थियो । उपसमितिले आइतवार समितिसमक्ष प्रतिवेदन पेस गरेको थियो । त्यस प्रतिवेदनलाई समितिले आइतवार नै पारित गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

उपसमिति संयोजक सांसद् मानप्रसाद खत्रीले तत्काललाई हालकै व्यवस्थाअनुसार काम गर्न सुझाव दिइएको बताए । सशस्त्रलाई कस्तो अधिकार दिने भन्ने विषय नियमावलीमा नभई ऐनमा नै व्यवस्था गर्न समितिले सरकारलाई सुझाव दिएको छ ।

यस्तै, दुई प्रहरी सङ्गठनबीच समन्वयात्मक भूमिका स्थापना गर्न पनि सुझाव दिएको छ । समितिले सशस्त्र प्रहरी बलको अधिकार सरकारी मुद्दासम्बन्धी ऐनको व्यवस्थामा प्रतिकूल नहुने गरी व्यवस्था गर्न पनि सुझाव दिएको छ ।

समितिबाट पारित प्रतिवेदनले अधिकार क्षेत्र विवाद हुँदा सार्वजनिक सुरक्षामा नै असर पर्ने भएकाले समन्वयात्मक भूमिका खेल्न सरकारलाई सुझाव दिएको छ । सशस्त्र प्रहरी बलको गठन अनुसारको अधिकार क्षेत्रमा रहन समितिले सरकारलाई सचेत गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा
उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा
कामचोर ठेकदारको नाम र फेटो छाप्नुहोस: गृहमन्त्री थापा
कामचोर ठेकदारको नाम र फेटो छाप्नुहोस: गृहमन्त्री थापा
महेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारी बिच झडप !
महेन्द्रनगरमा प्रहरी र प्रदर्शनकारी बिच झडप !
११ दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित
११ दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित
डब्लुएचओ – कोरोना भाइरस के हावाको माध्यमबाट सर्छ ?
डब्लुएचओ – कोरोना भाइरस के हावाको माध्यमबाट सर्छ ?
अब हवाई यात्रा गर्दा बोर्डिङ पास नचाहिने, एपले नै गर्नेछ यस्तो काम
अब हवाई यात्रा गर्दा बोर्डिङ पास नचाहिने, एपले नै गर्नेछ यस्तो काम
न्युयोर्कको नेपाली कन्सुलेटमा कन्सुल जनरल पद खारेज
न्युयोर्कको नेपाली कन्सुलेटमा कन्सुल जनरल पद खारेज
यी डाक्टर साब नअाए राप्रपा र राप्रपा प्रजातान्त्रिकको एकता
यी डाक्टर साब नअाए राप्रपा र राप्रपा प्रजातान्त्रिकको एकता
सन्दीप लामिछाने विरुद्धको मुद्धाको सुनुवाइ स्थगित
सन्दीप लामिछाने विरुद्धको मुद्धाको सुनुवाइ स्थगित
विषाक्त रक्सी खाँदा मलेसियामा मृत्यु हुने नेपाली ७ पुगे, १२ जना उपचार हुँदै (नामसहित)
विषाक्त रक्सी खाँदा मलेसियामा मृत्यु हुने नेपाली ७ पुगे, १२ जना उपचार हुँदै (नामसहित)

तपाईंले छुटाउनुभयो कि?