न्युयोर्कको नेपाली कन्सुलेटमा कन्सुल जनरल पद खारेज

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ३२, २०७५
|
|
५३ पटक हेरिएको
Shares
न्युयोर्कको नेपाली कन्सुलेटमा कन्सुल जनरल पद खारेज

सारांश

  • सरकारले न्युयोर्कमा रहेको नेपाली कन्सुलेट जनरलको कार्यालयमा कन्सुल जनरल पद खारेज गरेर सोही पदमा रहनुभएका मधु मरासिनीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
  • कन्सुलेट अफिस नै खारेज नभई कन्सुल जनरलको पदमात्र खारेज गरिएको जानकारीमा आएको डेपुटी कन्सुल जनरल पुष्प भट्टराईले जानकारी दिनुभयो ।
  • “कन्सुल जनरलको पद खारेज गर्ने सरकारी निर्णय थाहा भयो ।

सरकारले न्युयोर्कमा रहेको नेपाली कन्सुलेट जनरलको कार्यालयमा कन्सुल जनरल पद खारेज गरेर सोही पदमा रहनुभएका मधु मरासिनीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । कन्सुलेट अफिस नै खारेज नभई कन्सुल जनरलको पदमात्र खारेज गरिएको जानकारीमा आएको डेपुटी कन्सुल जनरल पुष्प भट्टराईले जानकारी दिनुभयो ।

“कन्सुल जनरलको पद खारेज गर्ने सरकारी निर्णय थाहा भयो । तर यसबारे आधिकारिक रुपमा भने हामीलाई कुनै जानकारी प्राप्त भएको त छैन ।”- डेपुटी कन्सुल जनरल भट्टराईले भन्नुभयो । मन्त्रीपरिषद्को आइतबारको बैठकले न्युयोर्क कन्सुलेटमा रहेको कन्सुल जनरलको पद खारेज गर्ने निर्णय गरेको जनाइएको छ ।

न्युयोर्कमा कन्सुल जनरलका रुपमा नियुक्त भएर आएदेखि मधुकुमार मरासिनीले नेपालको ब्यापार र पर्यटन प्रवद्र्धनको क्षेत्रमा निकै उल्लेख्य काम गर्नुभएको थियो । यस अगाडि पासपोर्ट र भिसाको कामलाई मात्र प्राथमिकता दिदै आएको कन्सुलेट कार्यालयले मरासिनीको कार्यकालमा भने पर्यटन र ब्यापार प्रवद्र्धनका विभिन्न उपलब्धिमुलक कामहरु गरेको थियो ।अमेरिकन राजनीतिज्ञहरुसँगको भेटघाटमा नेपालीहरुको हितबारे छलफल गर्नेदेखि पर्यटन प्रवद्र्धनका लागि न्युयोर्क टाइम्सको ट्राभल शोमा समेत बोल्न पुगेका मरासिनीले अँग्रेजी र स्पानिस भाषामा नेपालको पर्यटनबारे ब्रोसर प्रकाशित गरेर नेपालबारे रुची हुने गैर नेपालीहरुमाझ पुर्याएका थिए ।

नेपालमा अमेरिकन लगानी भित्राउने सन्दर्भमा समेत मरासिनीले विभिन्न उच्चस्तरीय कार्यक्रमहरुमा सहभागिता जनाएका छन् । साथै उनले कन्सुलेट जनरलको ब्राण्ड न्यू वेवसाइट समेत सुरुवात गरेका छन् । पर्यटन र ब्यापार प्रवद्र्धनका क्षेत्रमा उल्लेख्य योगदान दिन सफल हुँदाहुँदै पनि न्युयोर्क कन्सुलेटमा कन्सुल जनरलको पद खारेज गरिएकोमा भने अमेरिकामा बस्ने नेपालीहरुले आश्चर्य मानेका छन् ।

निकै उत्साहपूर्व तरिकाले काम गरिरहेका मधु कुमार मरासिनीलाई फिर्ता बोलाउने सरकारी निर्णयबाट नेपालको पर्यटन र ब्यापार प्रवद्धनका क्षेत्रमा काम गर्न खोज्नेहरुलाई समेत दुरुत्साहन भएको छ । यद्यपी नेपालको ब्यापार र पर्यटनको क्षेत्रमा मरासिनीको सकृयताका कारण उनी अमेरिकामा रहेका नेपालीमाझ कामकाजी कन्सुल जनरलको छबी बनाएर फर्कने भएका छन् ।

विश्वमै नेपालमा पर्यटक भित्रिने मुलकमा अमेरिका तेश्रो स्थानमा रहेको छ भने अमेरिकाबाट नेपालमा वैदेशिक लगानीको समेत उच्च सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जबजले बनाएको राजमार्ग छोडेर कुन गोरेटोतिर लाग्ने कमरेड ?
जबजले बनाएको राजमार्ग छोडेर कुन गोरेटोतिर लाग्ने कमरेड ?
विद्यालयभित्रै रक्सी पसल
विद्यालयभित्रै रक्सी पसल
काँग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार, एमाले नेतृ झाँक्री प्रहरी नियन्त्रणमा
काँग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार, एमाले नेतृ झाँक्री प्रहरी नियन्त्रणमा
मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु ,औषधि र उपचार अझै पुगेन !
मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु ,औषधि र उपचार अझै पुगेन !
बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी
बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी
युवा नेता रवीन्द्र अधिकारी पोखराको मेयर उम्मेदवार बन्ने  !
युवा नेता रवीन्द्र अधिकारी पोखराको मेयर उम्मेदवार बन्ने !
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सबैको दायित्व: राष्ट्रपति
महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै
महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै
प्रधानमन्त्री ओली उपचारका लागि १ महिनासम्म सिंगापुर बस्न सक्ने
प्रधानमन्त्री ओली उपचारका लागि १ महिनासम्म सिंगापुर बस्न सक्ने
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल

तपाईंले छुटाउनुभयो कि?