आइतवार सर्वाधिक कोरोना संक्रमित थपिए
सारांश
- नेपालमा आज कोरोना भाइरसका १२ सय २१ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।
- आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
नेपालमा आज कोरोना भाइरसका १२ सय २१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३८ हजार ५ सय ६१ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
देशभर संक्रिय संक्रमितको सख्या १७ हजार ५ सय १८ रहेको छ । आज अहिलेसम्मकै सर्वाधिक संक्रमित संख्या थपिएको हो । योसँगै अवस्था झन् भयावह हुने देखिएको छ । आजसम्म २० हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया