युरो-४ स्ट्यान्डर्ड डिजेल-पेट्रोलको बिक्री सुरु

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र १९, २०७३
|
|
३२१ पटक हेरिएको
Shares
युरो-४ स्ट्यान्डर्ड डिजेल-पेट्रोलको बिक्री सुरु

सारांश

  • नेपालमा अाैपचारिक रूपमै युरो-४ स्ट्यान्डर्ड डिजेल-पेट्रोलको बिक्री सुरु भएको छ ।
  • भारतले आफ्नो देशमा अाजैबाट पूर्णरुपमा युरो-फोरको तेल बिक्री सुरु गर्दैछ ।
  • त्यसैकारण एक महिनाभन्दा अघिदेखि नेपालमा पनि अनाैपचारिक रूपमा यूरो मापदण्डको तेल अाउँदै थियो ।

नेपालमा अाैपचारिक रूपमै युरो-४ स्ट्यान्डर्ड डिजेल-पेट्रोलको बिक्री सुरु भएको छ । भारतले आफ्नो देशमा अाजैबाट पूर्णरुपमा युरो-फोरको तेल बिक्री सुरु गर्दैछ । त्यसैकारण एक महिनाभन्दा अघिदेखि नेपालमा पनि अनाैपचारिक रूपमा यूरो मापदण्डको तेल अाउँदै थियो ।

यसअघि नेपालमा भारतबाट युरो-थ्री स्ट्याण्डर्डको तेल मात्रै आउने गरेको थियो । भारतले आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा युरो-फोर मापदण्डको तेल प्रोशोधन गर्न सुरू गरेकाले नेपालले पनि त्यसको लाभ पाउन लागेको हो ।

भारतले सन् २०२० बाट युरो-सिक्स मापदण्डको तेल प्रशोधन गर्ने योजना बनाएको छ । अहिले देशभरका कच्चा तेलको प्रशोधन केन्द्रमा उसले युरो-फोर स्तरको तेल उत्पादन गर्न सुरू गरेको छ ।

सवारीको धुवाँलाई कम गर्न सहयोगी हुने युरो-फोर गुणस्तरको तेलले न्यून परिमाणमा प्रदूषण उत्सर्जन गर्छ । यो सवाीका कारण हुने प्रदुषण घटाउन पनि प्रभावकारी हुनेछ ।

युरो-फोर मापदण्डको इन्धनमा सल्फरको कम हुन्छ । जसका कारण सवारीसाधनको कार्य क्षमता पनि बढ्छ भने प्रदुषण पनि यसले कम गर्न मद्दत गर्छ ।

यसले तेलकै कारण सवारीको इञ्जिनमा पर्ने असर पनि हटाउँछ र इञ्जिनको आयु पनि बढाउन सहयोग गर्छ । महत्वपूर्ण कुरा, युरो फोर मापदण्डको तेलमा ४० पीपीएमको सल्फर हुन्छ । जुन अहिले प्रयोगमा रहेको पेट्रोलमा १५० र डिजेलमा ३५० पीपीएम हुन्छ । सल्फरको मात्रा कम हुनु नै यसको महत्वपूर्ण विशेषता हो ।

भारतले केही समय अघिबाटै आफ्ना महत्वपूर्ण शहरहरुमा युरो-फोर गुणस्तरको तेलको बिक्री थालिसकेको थियो । नेपालले भारतबाट मात्रै पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ । वर्षमा झण्डै १ खर्ब रुपैयाँभन्दा बढीको तेल आयात हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध
इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
सुपरदोर्दी ‘ख’ आयोजना निर्माण सम्पन्न
सुपरदोर्दी ‘ख’ आयोजना निर्माण सम्पन्न
साउदी जेलका बन्दी राईलाई छुटाउन प्रधानमन्त्री ओलीले गरे ३० लाख हस्तान्तरण
साउदी जेलका बन्दी राईलाई छुटाउन प्रधानमन्त्री ओलीले गरे ३० लाख हस्तान्तरण
एक क्विन्टल सुन बरामद हुँदा भन्सार र प्रहरी प्रमुख विदामा बस्नु संयोग मात्र हो?
एक क्विन्टल सुन बरामद हुँदा भन्सार र प्रहरी प्रमुख विदामा बस्नु संयोग मात्र हो?
रासायनिक मल आपूर्तिमा सरकारको फड्को: २८ अर्बको बजेटबाट ९४ प्रतिशत लक्ष्य हासिल
रासायनिक मल आपूर्तिमा सरकारको फड्को: २८ अर्बको बजेटबाट ९४ प्रतिशत लक्ष्य हासिल
खानी दुर्घटनामा १३ जनाको मृत्यु
खानी दुर्घटनामा १३ जनाको मृत्यु
युरोपेली प्रविधिसहितको नयाँ स्कोडा कुशाक बजारमा, खरिदकर्ता र चालक दुवैलाई आकर्षित गर्ने दाबी
युरोपेली प्रविधिसहितको नयाँ स्कोडा कुशाक बजारमा, खरिदकर्ता र चालक दुवैलाई आकर्षित गर्ने दाबी
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने
काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने

तपाईंले छुटाउनुभयो कि?