साउदी जेलका बन्दी राईलाई छुटाउन प्रधानमन्त्री ओलीले गरे ३० लाख हस्तान्तरण
सारांश
- काठमाडौं ।
- दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन विताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् ।
- यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उनी २ वर्षदेखि बन्दी जीवन बिताइरहेका छन् ।
काठमाडौं । दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन विताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उनी २ वर्षदेखि बन्दी जीवन बिताइरहेका छन् ।
एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बेलुका आफूलाई भेट्न आइपुगेको राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेलमा परेका प्रेमबहादुरको जेल मुक्तिका लागि साउदी सरकारसँग कुरा गर्ने बताए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वको अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक रहेको बताए । नेपाली नागरिक विदेशिने तरिका डरलाग्दो रहेको प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री ओलीले भने, “अरु देशका नागरिक फरक तरिकाले विदेश जान्छन् । हामी जस्तो प्रकारले विदेश गएका छौं, त्यो डरलाग्दो छ । गरिवी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं । अज्ञानता र सोझोपनको शिकार हुन्छौं र झन् दुःख पाउँछौं ।”
नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिवी हटाउन आफ्नो नेतृत्वमा सरकार बनेको प्रधानमन्त्री ओलीले बताए । “हाम्रो राष्ट्रको ढुकुटीको अवस्था त्यति राम्रो छैन, तर अब हामीले हाम्रै देशमा उत्पादन बढाउनु छ, उद्योग खोल्नुछ, यहीँ रोजगारी सिर्जना गर्नुछ । त्यसका लागि यो सरकार बनेको हो”, प्रधानमन्त्री ओलीले भने ।
विदेशमा बन्दी जीवन बिताइरहेका नेपालीको उद्धारका लागि सहयोग संकलन गरेकामा इन्द्रेणी सांगीतिक कार्यक्रमको टोलीलाई प्रधानमन्त्री ओलीले प्रशंसासहित धन्यवाद दिए । “हरेकलाई सुखमा होइन दुःखमा साथ चाहिने हो, दुःखमा परेका नेपालीलाई सहयोग गर्न लिएको अग्रसरताप्रति म धन्यवाद दिन्छु, यस्तो काममा म र अहिलेको सरकार साथमा छ”, प्रधानमन्त्री ओलीले भने । कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कँडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली रुपैयाँ चाहिने र अहिलेसम्म ७१ लाख रुपैयाँ संकलन भइसकेको जानकारी गराएका थिए ।
Pun Narayan Sah
राइलाइ जेल पर्दा 30 लाख सहयोग गरेर जेलबाट छुटाउने के पि ओलि सरकार मधेसी उमेस यादवलाई साउदिको अदालतले मुर्त्यो डन्ड सम्म तोक्दा सम्म पनि कुनै पहल नगर्ने यहिबाट प्रमानित हुन्छ कि यो सरकार मधेसीको सरकार होइन भन्ने कुरा ।मधेसी को भोट लिने मात्र हो यो सरकार काम खसाआर्यको मात्र गर्ने होइन चेतना भएहोला
Padam Gurung
Good