सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न प्रचण्ड सर्वोच्च अदालतमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १७, २०७७
|
|
३४ पटक हेरिएको
Shares
सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न प्रचण्ड सर्वोच्च अदालतमा

सारांश

  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाविरुद्ध पूनरावलोकन गर्न सर्वोच्च अदालत पुगेका छन् ।
  • दाहालसँगै अदालतमा माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा, बर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, पम्फा भुषाल पुगेका थिए ।
  • पूनरावलोकनमा जानुअघि दाहालले कानून व्यवसायीहरुसँग पनि परामर्श गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाविरुद्ध पूनरावलोकन गर्न सर्वोच्च अदालत पुगेका छन् । दाहालसँगै अदालतमा माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा, बर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, पम्फा भुषाल पुगेका थिए ।

पूनरावलोकनमा जानुअघि दाहालले कानून व्यवसायीहरुसँग पनि परामर्श गरेका थिए । हिजोमात्रै, दाहालले नेकपा (एमाले) का नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालसँग पूनरावलोकनमा जानेबारे छलफल गरेका थिए । यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी ऋषि कट्टेलको हुने भन्दै अदालतले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?