यि एजेण्डासहित एमाले स्थायी समिति बुधवार बस्दै !

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १९, २०७५
|
|
५४ पटक हेरिएको
Shares
यि एजेण्डासहित  एमाले स्थायी समिति बुधवार बस्दै !

सारांश

  • काठमाडौं, १९ बैशाख ।
  •   नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बुधवार (आज) अपरान्ह बस्ने भएको छ ।
  • सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा सचिवालयको बैठक बस्न लागेको एमाले पार्टी कार्यालयले जनाएको छ ।

काठमाडौं, १९ बैशाख ।  नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बुधवार (आज) अपरान्ह बस्ने भएको छ ।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा सचिवालयको बैठक बस्न लागेको एमाले पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा यसअघि पार्टीमा प्रवेश गरेकाहरु तथा एकतामा सहभागी भएर आएकाहरुको व्यवस्थापनको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बुधवार(आज)साँझ ६ः३० प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समिति बस्दैछ । एमाले स्थायी समितिको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको नेपाल भ्रमण र पार्टी एकताको विषयमा छलफल हुनेछ ।

पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई गर्ने भनिएको नागरिक अभिनन्दनबारे आम जनताबाट चर्को विरोध भइरहेको सन्दर्भमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?