बिष्णु पौडेलले लिएको जग्गा बैधानिक छ । मन्त्री अर्याल

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १५, २०७६
|
|
५४ पटक हेरिएको
Shares
बिष्णु पौडेलले लिएको जग्गा बैधानिक छ । मन्त्री अर्याल

सारांश

  • काठमाडौं १५,बैशाख।
  • भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले खरिद गरेको जग्गा वैधानिक भएको दाबी गरेकी छन्।
  • मन्त्री अर्यालले सरकारले मोही कायम गरी पुर्जा वितरण हुँदै छैठौं व्यक्तिका रुपमा नवीन पौडेलको नाममा पुगेको दाबी गरिन्।

काठमाडौं १५,बैशाख। भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले खरिद गरेको जग्गा वैधानिक भएको दाबी गरेकी छन्।

मन्त्री अर्यालले सरकारले मोही कायम गरी पुर्जा वितरण हुँदै छैठौं व्यक्तिका रुपमा नवीन पौडेलको नाममा पुगेको दाबी गरिन्। उनले भनिन् ‘विष्णु पौडेलको सन्दर्भमा जे प्रचार भएको छ, त्यो अतिरञ्जित हो। कानुन तथ्य र प्रमाणले अवैधानिक देखिन्न।’

सरकारले नै मोही कायम गरी लालपुर्जा वितरण गरेपछि अवैधानिक नहुने जिकिर गरिन्। उनले भनिन् ‘उहाँले किनेको जग्गा मोही किटान गरी व्यक्ति हस्तान्तरण हुँदै छैठों व्यक्तिका रुपमा उहाँको छोराको नाममा हस्तान्तरण भएको छ।’

सरकारको नामबाट व्यक्तिका नाममा कुन कुन कित्ता गएको बारे मन्त्रालयले छानबिन अघि बढाएको जानकारी गराइन्। जग्गा व्यक्तिका नाममा ल्याउने क्रममा डिल्लीबजार मालपोत कार्यालयबाट १०२४ र १०२५ को फाइल गायब पारिएको जानकारी गराइन्।

उनले भनिन्, ‘त्यसमा धेरै कित्ता हराएका छन्। मन्त्रालयले खोजका क्रममा ९८ प्रतिशत कित्ता पत्ता लगाएको छ। पत्ता लागेका कित्तालाई रोक्न मन्त्रालयले निर्देशन दिईसकेको छ।’

ललिता निवास प्रकरणले देशभर जग्गा सम्बन्धी समस्या रहेको शिक्षा पाएको उनले उल्लेख गरिन्। उनले भनिन्, ‘सरकारले जफत गर्ने निर्णय गरेका जग्गामा मीन बहादुर होऊन् कि ढकाल जो सुकै हुन्, छोडिन्न्।’

सरकारी जग्गा सरकारकै नाममा फिर्ता गराउनका लागि मन्त्रीपरिषद्को निर्देशनमा शक्तिशाली आयोग बनाउने जुटेको जानकारी गराइन्। देशभर सरकारी जग्गा फिर्ता गर्ने गरी अघि बढेको बताइन्।

तत्कालीन सरकारले गरेको निर्णयलाई कार्यान्वयन हुन नदिनका लागि जग्गालाई रोक्का राख्ने, खारेज गर्ने, आयोग गर्ने गर्ने कार्यादेश प्राप्त गरेको जानकारी गराइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत बीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत बीच भेटवार्ता
काठमाडौं १ ‘क’ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी
काठमाडौं १ ‘क’ मा कांग्रेस उम्मेदवार श्रेष्ठ विजयी
राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा
राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा
उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी
उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी
एमाले केन्द्रीय कमिटी बैठक स्थगित
एमाले केन्द्रीय कमिटी बैठक स्थगित
भोलि काठमाडौंमा सेनाको निःशुल्क बस सेवा, यस्तो छ रुट
भोलि काठमाडौंमा सेनाको निःशुल्क बस सेवा, यस्तो छ रुट
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारी
कृषिको आधुनिकीकरणका उपाय खोज्दै नेपाल–भारतका अधिकारी
पृथ्वीनारायण शाहको मृत्यु कसरी भयो? के बाघले खाएको हो?
पृथ्वीनारायण शाहको मृत्यु कसरी भयो? के बाघले खाएको हो?
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता

तपाईंले छुटाउनुभयो कि?