सर्बियामा जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबर्द्धन

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २९, २०७६
|
|
४७ पटक हेरिएको
Shares
सर्बियामा जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबर्द्धन

सारांश

  • सर्बिया।
  • अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधि नेपाल भ्रमणका लागि निम्ता गरिएको छ।
  • भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल सरकारले तयार पारेको प्रबर्द्धन सामाग्री हस्तान्तरण गरिएको हो।

सर्बिया। अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधि नेपाल भ्रमणका लागि निम्ता गरिएको छ।भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल सरकारले तयार पारेको प्रबर्द्धन सामाग्री हस्तान्तरण गरिएको हो। आईपीयूमा सहभागी हुन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वमा संघीय संसदको प्रतिनिधिमण्डल बेलग्रेडमा छ। सो क्रममा अध्यक्ष तिमिल्सिना तथा प्रतिनिधिमण्डलका सदस्यहरुले नेपाल भ्रमणका लागि सहभागीहरुलाई निम्ता गरेका छन्।

प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधि सभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज सहभागी छन्। त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल सहभागी छन्। नेपाल लगायत १७१ राष्ट्रका संसद र अन्य ११ एसोसियट सदस्य भएको आईपीयूको १४१ ‍औं सम्मेलन अक्टोबर १७ सम्म चल्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?