बादलको खुलासा: बाबुराम भट्टराई पुनः माओवादी केन्द्रमै फर्कने

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २३, २०७४
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, पुस २३ ।
  • माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ ले बाबुराम भट्टराई पुनः माओवादी केन्द्रमै फर्कने तयारीमा रहेको खुलासा गरेका छन् ।
  • माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आफूलाई भेट्न पुगेका केही नेताहरुसँगको भेटमा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल)ले उक्त कुराको खुलासा गरेका हुन् ।

काठमाडौं, पुस २३ । माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ ले बाबुराम भट्टराई पुनः माओवादी केन्द्रमै फर्कने तयारीमा रहेको खुलासा गरेका छन् ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आफूलाई भेट्न पुगेका केही नेताहरुसँगको भेटमा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल)ले उक्त कुराको खुलासा गरेका हुन् ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईसँग पार्टी एकता बारेमा बृहत छलफल भउको बताएपछि उक्त खुलासा भएको हो ।

बादलले नेताहरुसँगको भेटमा आफ्नो केही समयदेखि डाक्टर भट्टराईसँग पार्टी एकता बारेमा छलफलभएको भन्दै छिट्टै पार्टी एकता गर्ने सहमति नजिक रहेको बताए ।

दुई दिन अघि कास्कीमा सकिएको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले पार्टी एकताबारेमा ठोस निर्णय नगरेपनि माओवादी केन्द्रसँग भट्टराई नजिक भएर गतिविधि सञ्चालन गरिरहेका थिए ।

केही दिन अघि मात्रै भट्टराई माओवादी अध्यक्ष प्रचण्डलाई नयाँ निवास खुमलटार पुगेर भेट गरेका थिए ।

(https://www.newslive.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?