कृषि विकास बैंकबाट आठ खर्ब ६९ अर्ब क्रृण प्रवाह

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ ७, २०७४
|
|
६३ पटक हेरिएको
Shares
कृषि विकास बैंकबाट आठ खर्ब ६९ अर्ब क्रृण प्रवाह

सारांश

  • काठमाडौँ, ७ माघ ,कृषि विकास बैंक लिमिटेडले आव २०७३÷७४ मा रु दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ ।
  • बैंकले आज स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३÷७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो ।
  • अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा ११.

काठमाडौँ, ७ माघ ,कृषि विकास बैंक लिमिटेडले आव २०७३÷७४ मा रु दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले आज स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३÷७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत, ब्याज असुली १७.६६ प्रतिशत तथा निक्षेप संकलनमा १३.८४ प्रतिशतले वृद्धि भएको छ । आव २०७३÷७४ को माघ मसान्तसम्ममा निक्षेप रकम रु ९९ अर्ब ९३ करोड रहेको बैंकले जनाएको छ ।

बैंकका कार्यकारी अधिकृत लीला प्रकाश सिटौलाका अनुसार बैंकले स्थापनाकालदेखि हालसम्म कूल रु आठ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको अहिलेसम्मको कर्जा असुली रु सात खर्ब ७० अर्ब रहेको छ । हाल बैंकको करिब रु एक लाख ५१ हजार कर्जा ग्राहकमा रु ९५ अर्ब २० करोड कर्जा लगानी छ ।

साथै, चालू आव २०७४÷७५ को अन्त्यसम्ममा व्यवसायको आकारमा वृद्धि गर्ने लक्ष्य अनुरुप बैंकले कर्जा तथा सापटमा ११ प्रतिशत वृद्धि गरी करिब रु एक खर्ब दुई अर्ब ९२ करोड र निक्षेप संकलनमा १४ प्रतिशत वृद्धि गरी रु एक अर्ब १३ अर्ब ८६ करोड पु¥याउने भएको छ । सोही योजनाअनुसार बैंकका व्यावसायिक गतिविधि अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत सिटौलाले बताउनुभयो ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंकको स्थापनाकालदेखि कृषिको व्यावसायिकीकरण, औद्योगिकीकरण तथा बैंकिङको माध्यमबाट गरिबी निवारण र रोजगारी सिर्जनामा अहम् भूमिका खेल्दै आएको बताउनुभयो ।

उहाँले मुलुकको उत्पादनशील क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको बैंकले समयानुकूल नवीन प्रविधि र दक्ष जनशक्तिको विकास गरी सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने सुझाव दिनुभयो ।

अर्थमन्त्री कार्कीले कृषि बैंकको संघीय शासन प्रणालीअनुरुप आफ्नो सेवालाई ग्रामीण भेगका जनताको पहुँचमा पु¥याउनुपर्ने र यस अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

अर्थराज्यमन्त्री उदयशमशेर राणाले बैंकले आफ्नो सेवालाई बढी भन्दा बढी ग्रामीण जनतासामु पु¥याउन पूँजी वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो ।

बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले अर्धसरकारी स्वामित्वको बैंक भए पनि कतिपय नीतिगत अप्ठ्याराका कारण बैंकिङ सेवा प्रवाहमा समस्या भइरहेको बताउनुभयो ।

बैंकको अहिले देशभर २५३ वटा शाखा कार्यालय सञ्जालमार्फत सेवा प्रवाह भइरहेको छ । हाल दुई हजार ८२५ कर्मचारी रहेको यस बैंकका दुई लाखभन्दा बढी शेयरधनी छन् । वार्षिकोत्सवका अवसरमा बैंकमा २० वर्षभन्दा बढी अवधि सेवा गरेका ५३ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानलाई चीन र उत्तर काेरियाबाट खतरा, प्रतिरक्षा बजेटमा गर्याे वृद्धि !
जापानलाई चीन र उत्तर काेरियाबाट खतरा, प्रतिरक्षा बजेटमा गर्याे वृद्धि !
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
महाशिवरात्रि पर्व : पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था
महाशिवरात्रि पर्व : पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था
फिफा विश्वकप फुटबल-२०१८: यि हुन नयाँ नियमहरू !
फिफा विश्वकप फुटबल-२०१८: यि हुन नयाँ नियमहरू !
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ:  प्रधानमन्त्री ओली
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ: प्रधानमन्त्री ओली
बेलायती प्रधानमन्त्रीलाई आइसीयूमा सारियो
बेलायती प्रधानमन्त्रीलाई आइसीयूमा सारियो
प्रतिनिधिसभाको ‘क्यालेन्डर’ स्वीकृत, सांसदको हाजिरी दैनिक सार्वजनिक गर्ने तयारी
प्रतिनिधिसभाको ‘क्यालेन्डर’ स्वीकृत, सांसदको हाजिरी दैनिक सार्वजनिक गर्ने तयारी
नेकपा भित्र आन्तरिक किचलो बढ्दै !
नेकपा भित्र आन्तरिक किचलो बढ्दै !
कुन नेताको मतदान केन्द्र कहाँ ?
कुन नेताको मतदान केन्द्र कहाँ ?
नेपाल भारत सीमा विवाद विश्वका यी सञ्चारमाध्यममा

तपाईंले छुटाउनुभयो कि?