सडकमा छाडा चौपायाहुदाँ सास्ती

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र ९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
सडकमा छाडा चौपायाहुदाँ सास्ती

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा , ९ भदाै ।
  • पछिल्लो समय गाई, गोरु र वाख्राहरु समेत सडकमा बेवारिसे छोडिएको पाइएको छ ।
  • सडकमा छाडा छोडिएका चौपायाका कारण सहर कुरुप हुनुका साथै असुरक्षित बन्दै गएको छ ।

माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा , ९ भदाै । पछिल्लो समय गाई, गोरु र वाख्राहरु समेत सडकमा बेवारिसे छोडिएको पाइएको छ । सडकमा छाडा छोडिएका चौपायाका कारण सहर कुरुप हुनुका साथै असुरक्षित बन्दै गएको छ । दिनानुदिन बढ्दै गएको बेवारिसे चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेको प्रहरीको भनाइ छ । ‘सडक व्यवस्थापनका लागि सडकमा खटिएका ट्राफिक प्रहरीले छाडा छोडिएका पशुहरुका कारण हैरानी खेप्नु परेको छ,’। पछिल्लो समय चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ, रातको समयमा सडकमै पशुचौपाया बस्दा दुर्घटना हुने तथा साना सवारी चालकले नियन्त्रणमा लिन नसक्दा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यलय कपिलवस्तुले जनाएको छ ।

छाडा चौपाएले गर्दा कहाँ दुर्घटना हुन्छ भन्ने डर वढि भएको जिल्ला ट्राफिक प्रहरी निरिक्षक बाबुराज पन्तले गुनासो गरे । पन्तले भने – “कपिलवस्तुको वनगाई,गोरुसिगे,इमिलिया तौलिहवा चन्द्रौटा कृष्णनगर लगाएतका बजारमा छाडा चौपाए बजारमा बस्दा वजारनै अस्तव्यास्त देखिन्छ ,ट्राफिक ब्यावस्थापनमा समस्या रहेको छ” । निरिक्षक पन्तले स्थानिय तहले छाडा छोडनेलाई कारवार्ही गरेमा नियन्त्रण हुन सक्ने वताए । रातको समयमा ट्रकमा ल्याई छोडने गरेको भनेपनि कपिलवस्तुमा भने त्यस्तै नपाइएको उनले वताए ।

कपिलवस्तुमा आ व ०७४।७५ मा छाडा चौपाएका कारण ४ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ जिल्लाका विभिन्न स्थानहरुमा दुर्घटना भएको वताइएको छ । जसमा १६ वटा चौपाएहरु एक वर्षको अवधिमा दुर्घटना वाट मरेको वताएको छ ।चौपाएका कारण सडकवाट २ जना मानिस घाइते भएको जिल्ला ट्रफिक कार्यलय कपिलवस्तुले जनाएको छ ।सडकमा छाडा चौपाए हुदा सवारी चलाउदा झुकिन्ने गरेको सवारी चालकहरु वताउछन । सडकमै वसिरहेको हुन्छन एक त नेपालका सडक साना हुन्छन त्यसमा पनि विच सडकमा वस्तुभाउ बस्दा समस्या हुने गरेको चालकको भनाई छ ।यता स्थानियहरुको पनि छाडा चौपायका कारण गोठालो भएर भगाउने गर्दछन तर फेरी आउने गरेकोेले स्थानियहरु हैरानी व्याहोरेका छन । दिनभर लखटेने गरेपनि रातमा सुतेको समयमा आउदा खेतवारीमा उत्पादन गरेका तरकारी खाइदिदा समस्या भएको वताइएको छ ।

स्थानिय सरकार संचालन ऐन २०७४ मा भने छाडा चौपायलाई स्थानिय निकायले नै व्यावस्थापन गर्नुपर्ने व्यावस्था रहेको े छ । अहिले स्थानिय तहलाई चुनौतीको रुपमा छाडा चौपाया रहेका छन । सवारी व्यावस्थापनमा पनि छाडा चौपायाले गर्दा समस्या देखीएको छ । शिवराज नगरपालिकाले भने छाडा चौपाया व्यावस्थापनको लागी ५ लाख विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए । शिवराज नगरपालिका र वुद्धभुमी नगरपालिकाको सिमामा रहेको गौरक्षा बावालाई छाडा चौपायालाई ब्यावस्थापन गर्ने जिम्मा दिएको पौडेलले जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सागको पाँचौं दिन १७ खेलमा प्रतिश्पर्धा हुँदै
सागको पाँचौं दिन १७ खेलमा प्रतिश्पर्धा हुँदै
सलाम ठोक्नेबाट सलाम लिने हैसियतमा पुगे नवराज सिलवाल
सलाम ठोक्नेबाट सलाम लिने हैसियतमा पुगे नवराज सिलवाल
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
नेपाली काग्रेस क्षेत्रिय समिति द्वारा उदयपुरमा उल्टो मोटर साईकल यात्रि चित्र कुमार कार्कि सम्मानित
साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल र माल्दिव्स भिड्दै, यस्ता छन् पछिल्ला नतिजा !
साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल र माल्दिव्स भिड्दै, यस्ता छन् पछिल्ला नतिजा !
Single Muslim Women In Indonesia
खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु,२ जना बेपत्ता
खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु,२ जना बेपत्ता
गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : सांसद चौधरी
गण्डकी र कोशी ब्यारेजका संरचना जीर्णोद्धार आवश्यक : सांसद चौधरी
भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त
भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त
गुच्चा खेल्ने दौंतरी भेट्दा रसाए प्रचण्डका आँखा
गुच्चा खेल्ने दौंतरी भेट्दा रसाए प्रचण्डका आँखा

तपाईंले छुटाउनुभयो कि?