भक्तपुरको एक मःम पसलमा सिलिण्डर पड्किँदा ६ जना घाइते

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ९, २०७७
|
|
४८ पटक हेरिएको
Shares
भक्तपुरको एक मःम पसलमा सिलिण्डर पड्किँदा ६ जना घाइते

सारांश

  • भक्तपुरको एक मःम पसलमा ग्याँस सिलिण्डर पड्किँदा ६ जना घाइते भएका छन् ।
  • प्रहरीका अनुसार पसलमा खाजा बनाउने बेला ग्याँस सलिण्डर पड्किएर आगलागी भएको छ ।
  • आइतबार साँझ सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएको छ ।

भक्तपुरको एक मःम पसलमा ग्याँस सिलिण्डर पड्किँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार पसलमा खाजा बनाउने बेला ग्याँस सलिण्डर पड्किएर आगलागी भएको छ । आइतबार साँझ सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएको छ ।

आगलागीमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, उनका नातेदार काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु डाःईवामुरा अस्पतालमा सामान्य उपचार पश्चात कीर्तिपुर बर्न सेन्टर अस्पतालमा रिफर भैसकेका छन् ।

आगलागीमा ३ जना ग्राहक पनि घाइते भएका छन् । झापा विश्वशान्ति गाउँपालिका–२ घर भई भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक–५ कटुन्जे बस्ने वर्ष १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु पनि मध्यपुर अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुर बर्न सेन्टरमै रिफर भैसकेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

(https://www.riverbendresort.us)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
राष्ट्रिय सभाको शून्य समय : कसले के भने ?
राष्ट्रिय सभाको शून्य समय : कसले के भने ?
प्रदेश नं २ को निर्वाचन काँग्रेसको पक्षमा जाने दाबी
प्रदेश नं २ को निर्वाचन काँग्रेसको पक्षमा जाने दाबी
पकिस्तानमा पनि डेंगीको प्रकोप बढ्यो
पकिस्तानमा पनि डेंगीको प्रकोप बढ्यो
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या
श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित
प्रधामन्त्री ओली भेट्न प्रचण्ड बालुवाटारमा, विवाद समाधानको लागि छलफल
प्रधामन्त्री ओली भेट्न प्रचण्ड बालुवाटारमा, विवाद समाधानको लागि छलफल
काठमाडौँमा वर्षकै ठूलो वर्ष, करिब ४ सय घर डुवानमा
काठमाडौँमा वर्षकै ठूलो वर्ष, करिब ४ सय घर डुवानमा
  दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु
  दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु

तपाईंले छुटाउनुभयो कि?