कपिलवस्तुको समग्र चुनावी नतिजा यस्तो रह्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २४, २०७४
|
|
५६ पटक हेरिएको
Shares
कपिलवस्तुको समग्र चुनावी नतिजा यस्तो रह्यो

सारांश

  • कपिलवस्तु, २४ मंसीर –कपिलवस्तुमा प्रतिनिधी सभातर्फ २ स्थानमा वाम गठवन्धन र १ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
  • प्रतिनिधि सभा क्षेत्र नं.
  • १ मा वाम गठवन्धनका साझा उम्मेदवार चक्रपाणी खनालले २९ हजार ७ सय ९९ मत ल्याई निर्वाचित हुनुभएको छ ।

कपिलवस्तु, २४ मंसीर –कपिलवस्तुमा प्रतिनिधी सभातर्फ २ स्थानमा वाम गठवन्धन र १ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ मा वाम गठवन्धनका साझा उम्मेदवार चक्रपाणी खनालले २९ हजार ७ सय ९९ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार दीप कुमार उपाध्यायले २८ हजार ८ सय ५३ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी प्रतिनीधिसभा क्षेत्र नं. २ मा वाम गठवन्धनका तर्फबाट बृजेशकुमार गुप्ताले ३५ हजार १ सय १४७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र राज आचार्यले ३१ हजार ५ सय ६६ मत प्राप्त गर्नुभयो ।

प्रतिनिधीसभा क्षेत्र नं. ३ मा भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले १९ हजार ८ सय ६६ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मंगल प्रसाद गुप्ताले १५ हजार ८ सय ३ प्राप्त गर्नुभएको छ ।

विजयी वनेका तीनै जना उम्मेदवारले.संक्षिप्त प्रतिक्रिया दिंदै आफ्नो कार्यकाल भर आफ्नो क्षेत्र र समग्र जिल्लाको विकासमा योगदान पुर्याउने प्रतिवद्धता जनाएका छन् ।

यसै गरी प्रदेशसभा चुनावको परिणाम अनुसार प्रदेश सभा १ को क मा वाम गठवन्धनबाट नेकपा एमालेका उम्मेदवार विष्णु पंथी र क्षेत्र नं. १ को ख मा संघीय समाजवादी फोरमका उम्मेदवार सहसराम यादव विजयी हुनुभएको छ ।

प्रदेश सभा २ को क मा वाम गठवन्धनका तर्फबाट दिर्घनारायण पाण्डेय र प्रदेश सभा २ को ख मा धर्म बहादुर श्रीवास्तव विजयी हुनुभएको छ । प्रदेश सभा ३ को क मा वाम गठवन्धनका तर्फबाट अर्जुन केसी र प्रदेश सभा ३ को ख मा विरेन्द्रकुमार कनौडिया विजयी हुनुभएको छ ।
विजय भैसकेपछि निकालिएको वाम गठवन्धनको ¥यालीमा वाम कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोकियो प्रहरी ऐन
रोकियो प्रहरी ऐन
सितगगा नगरपालिका अर्घाखाँचीमा कांग्रेस पछ्छाउँदै एमाले
सितगगा नगरपालिका अर्घाखाँचीमा कांग्रेस पछ्छाउँदै एमाले
महाशिवरात्रिको अवसर पारेर पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने
महाशिवरात्रिको अवसर पारेर पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने
निर्वाचनको स्थिर समयः राजनीतिक गतिविधि ठप्प, के-के गर्न पाईँदैन ?
निर्वाचनको स्थिर समयः राजनीतिक गतिविधि ठप्प, के-के गर्न पाईँदैन ?
नायिकाको सेल्फीमा ‘सेक्स टोय’ देखिएपछि हंगामा
नायिकाको सेल्फीमा ‘सेक्स टोय’ देखिएपछि हंगामा
रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य
रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य
‘संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’ : बिजुक्छेँ
‘संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’ : बिजुक्छेँ
मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित
टिपरको ठक्करले नाबालकको मृत्यु
टिपरको ठक्करले नाबालकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?