रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २९, २०७६
|
|
६७ पटक हेरिएको
Shares
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित

सारांश

  • नेपाली पत्रकारितामा खोजमूलक, सहासिक र अनुसन्धानात्मक समाचार सम्प्रेषण गरेबापत ‘हाम्रा कुरा डट कम’ अनलाइन सेवाका सम्पादक अजयबाबु सिवाकोटीलाई सन् २०१९ को ‘इन्जा अवार्ड’ प्रदान गरिएको छ ।
  • नेपाली पत्रकारको अन्तर्राष्ट्रि«य सञ्जाल एशिया च्याप्टरद्वारा आज यहाँ आयोजित कार्यक्रममा सम्पादक सिवाकोटीलाई एक हजार अमेरिकी डलरसहितको उक्त अवार्ड प्रदान गरियो ।
  • तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दूरव्यवहार गरेकोसम्बन्धी समाचार सम्पादक सिवाकोटीले पहिलोपटक सम्प्रेषण गर्नुभएको थियो ।

नेपाली पत्रकारितामा खोजमूलक, सहासिक र अनुसन्धानात्मक समाचार सम्प्रेषण गरेबापत ‘हाम्रा कुरा डट कम’ अनलाइन सेवाका सम्पादक अजयबाबु सिवाकोटीलाई सन् २०१९ को ‘इन्जा अवार्ड’ प्रदान गरिएको छ ।

नेपाली पत्रकारको अन्तर्राष्ट्रि«य सञ्जाल एशिया च्याप्टरद्वारा आज यहाँ आयोजित कार्यक्रममा सम्पादक सिवाकोटीलाई एक हजार अमेरिकी डलरसहितको उक्त अवार्ड प्रदान गरियो । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दूरव्यवहार गरेकोसम्बन्धी समाचार सम्पादक सिवाकोटीले पहिलोपटक सम्प्रेषण गर्नुभएको थियो ।

सो अवसरमा मानवअधिकार क्षेत्रका अगुवा कृष्ण पहाडीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चारमाध्यमले विशिष्ट योगदान पु¥याएकाले समाजका विकृति तथा कमीकमजोरीलाई उजागर गर्ने सम्बन्धमा हीनताबोध गर्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । “जोस् र होसको समन्वय गरेर मात्र हामीले पत्रकारितालाई अघि बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “प्रेसलाई शक्तिको रुपमा लिएर राजनीतिक दलले बटुवा र लौरोका रुपमा हेर्दैआएका छन्, त्यसलाई सुधार्न आवश्यक छ, सञ्चार जगत्ले राजनीति मात्र होइन, अब वातावरण सुधार र संरक्षणमा कलम चलाउनुपर्छ ।”

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले पत्रकारिता भनेको व्यावसायिक र लेख्यकला मात्र नभएर सत्यको उजागर गर्ने माध्यम भएकाले समाजमा माथिल्लो तहमा बस्नेको कमीकमजोरीलाई जनतासामु पु¥याउने काममा सम्पादक सिवाकोटीबाट सहासिक कार्य भएको भनि प्रशंसा गर्नुभयो ।

पुरस्कृत व्यक्तित्व सम्पादक सिवाकोटीले मुलुकमा स्वतन्त्र पत्रकारिता कसरी गर्न सकिन्छ भन्ने प्रश्न कायमै रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले आफूले प्राप्त गरेको पुरस्कारको रकममध्ये रु २५ हजार सुर्खेतका पत्रकार स्व डिलप्रसाद शर्माको परिवारलाई उपलब्ध गराउन जानकारी उहाँले दिनुभयो । शर्माको बोनम्यारो प्रत्यारोपणका क्रममा बिहीबार काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको थियो । लेखन कुञ्जका निर्देशक कमल ढकालले पत्रकारिता समाजको निकै सम्मानित र सहासिक पेशा भएको हुँदा समाजका विकृति र कमीकमजोरीलाई बाहिर ल्याउने व्यक्तिको सबैले प्रशंसा गर्नु जरुरी भएको बताउनुभयो । आयोजक संस्था एशिया च्याप्टरका अध्यक्ष टङ्क पन्त र ग्रीन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले समाजमा लुकेर रहेको विकृति र विसङ्गतिसम्बन्धी सत्यतथ्य उजागर गर्ने मामिलामा पत्रकारिता क्षेत्र सधैँ चनाखो हुुनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक पूर्वाधारलगायतका विषयमा सरकारको ध्यानाकर्षण
सडक पूर्वाधारलगायतका विषयमा सरकारको ध्यानाकर्षण
गीतकार नारायण खतिवडाको ढुकढुकी सार्वजनिक
गीतकार नारायण खतिवडाको ढुकढुकी सार्वजनिक
सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ
बम विस्फोटन गराएको अभियोगमा दुई पक्राउ
सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन
सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन
कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा
कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा
उपत्यकामा बढ्दो सवारी दुर्घटना : तीन वर्षमा चार सय ८४ जनाको मृत्यु
नेपाली कांग्रेसले गोविन्द केसीको हत्या गर्न खोजेको छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’
आसिका राजौरे बनिन् डान्स आईकन दाङ
आसिका राजौरे बनिन् डान्स आईकन दाङ

तपाईंले छुटाउनुभयो कि?