रोकियो प्रहरी ऐन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १२, २०७५
|
|
४३ पटक हेरिएको
Shares
रोकियो प्रहरी ऐन

सारांश

  • काठमाडौं, १२ असार  ।
  • आफ्नो अधिकार क्षेत्र बाहिर गएर हात हालेको आरोप झेलिरहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कतिपय अत्यावश्यक काममा भने ध्यान दिन सकेका छैनन् ।
  • गृहमन्त्री भएलगत्तै उनले केही दिनमै संघीय प्रहरी ऐनको टुंगो लगाउने बताएका थिए ।

काठमाडौं, १२ असार  । आफ्नो अधिकार क्षेत्र बाहिर गएर हात हालेको आरोप झेलिरहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कतिपय अत्यावश्यक काममा भने ध्यान दिन सकेका छैनन् ।

गृहमन्त्री भएलगत्तै उनले केही दिनमै संघीय प्रहरी ऐनको टुंगो लगाउने बताएका थिए । करिब चार महिना बित्दासमेत त्यसमा कुनै प्रगति हुन सकेको छैन ।

एकातर्फ त्यति गम्भीर विषयमा ऐनमा के–के राख्ने भनेर प्रहरी अधिकारीसँग छलफल गरिएको छैन भने अर्काेतर्फ केही प्रहरी अधिकारीहरु आफ्नो स्वार्थअनुसार ऐन बनाउन दौडधुपमा लागेका छन् ।
संघीय प्रहरी ऐनमा मुख्य विवाद भनेको अवकाशसम्बन्धी प्रावधानकै हो । एक समूह जसरी पनि ३० वर्षे सेवा हद हटाउने लबिङमा छ भने अर्काे समूह हटाउन नहुने पक्षमा छ । पटक–पटक छलफल हुँदा पनि त्यो विषयमा निर्णय हुन सकेको छैन । त्यस्तै एआइजी र आइजिपीको पदावधि कति वर्ष बनाउने भन्ने पनि टुंगो लाग्न सकेको छैन ।

संघीयतामा प्रहरी पूर्णरुपमा प्रदेश सरकारको मातहतमा सञ्चालन हुने छ । त्यसै पनि राजनीतिक हस्तक्षेपका कारण कमजोर बनेको प्रहरी प्रदेश सरकारको मातहतमा भएपछि झन् कमजोर हुनसक्ने धेरैको चिन्ता छ । त्यसकारण प्रहरीको सरुवा तथा बढुवालाई सिष्टमका आधारमा चलाउनुपर्ने धेरैको माग छ । यसतर्फ गृह नेतृत्वले ध्यान दिन सकेको छैन ।

उता संघीय प्रहरी ऐननै नआईकन सातै प्रदेशमा संघीय प्रहरी कार्यालय स्थापना गर्ने निर्णय भइसकेको छ । केन्द्रीय प्रहरीको प्रतिनिधित्वका रुपमा साउनदेखि संघीय प्रहरी कार्यालय राख्न लागिएको छ ।

अञ्चल प्रहरी कार्यालयलाई हटाएर एसएसपीकै कमाण्डमा संघीय प्रहरी कार्यालय स्थापना गर्न लागिएको छ । समयमा संघीय प्रहरी ऐन नआउँदा अन्योलता बढिरहेको छ । जसले प्रदेशहरु पनि कमजोर भइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवा सरकारले राष्ट्रियसभाका लागि पठाएका नाम फिर्ता गरिने
देउवा सरकारले राष्ट्रियसभाका लागि पठाएका नाम फिर्ता गरिने
दुर्घटनामा एकजनाको मृत्यु, १३ घाइते
दुर्घटनामा एकजनाको मृत्यु, १३ घाइते
आर्थिक सर्वेक्षण : ‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा
आर्थिक सर्वेक्षण : ‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा
निर्वाचनले श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद
निर्वाचनले श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद
हारलाई जितमा बदलेका मनोज अधिकारी: दुर्घटनापछि फेरि उभिएको प्रेरणादायी कथा
हारलाई जितमा बदलेका मनोज अधिकारी: दुर्घटनापछि फेरि उभिएको प्रेरणादायी कथा
श्री ५ ज्ञानेन्द्र अमर रहनु, राजा आउ देश बचाउ भन्दै धरान मा नारा
श्री ५ ज्ञानेन्द्र अमर रहनु, राजा आउ देश बचाउ भन्दै धरान मा नारा
उद्योगका लागि ११ अरव ७४ करोड बजेट विनियोजन
उद्योगका लागि ११ अरव ७४ करोड बजेट विनियोजन
यस्ताे छ लाेकसेवाकाे ५९ अाैँ वार्षिक प्रतिवेदन !
यस्ताे छ लाेकसेवाकाे ५९ अाैँ वार्षिक प्रतिवेदन !
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेसका भँडेल विजयी
भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेसका भँडेल विजयी

तपाईंले छुटाउनुभयो कि?