आर्थिक सर्वेक्षण : ‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १४, २०८०
|
|
४२ पटक हेरिएको
Shares
आर्थिक सर्वेक्षण : ‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा

सारांश

  • काठमाडौँ ।
  • सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै लगेको छ ।
  • अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेस गर्नुभएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार २०७९ फागुनसम्म रेडियो नेपालको प्रसारण पहुँच ९२.

काठमाडौँ । सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै लगेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेस गर्नुभएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार २०७९ फागुनसम्म रेडियो नेपालको प्रसारण पहुँच ९२.० प्रतिशत जनसङ्ख्यामा पुगेको छ ।

इन्टरनेट ग्राहकको घनत्व १३०.६४ प्रतिशत पुगेको छ भने डिजिटल टेलिभिजनको पहुँच ७२.० प्रतिशत घरधुरीमा पुगेको छ । २०७९ फागुनसम्म विभिन्न भाषाका गरी सात हजार ९४४ पत्रपत्रिका दर्ता भएका सर्वेक्षणमा उल्लेख । त्यसैगरी, नेपालको पुरानो सरकारी दैनिक पत्रिका गोरखापत्रबाट विभिन्न ३८ भाषामा साप्ताहिक रुपमा समाचार÷लेख रचना प्रकाशन भइरहेको छ ।

सूचना तथा सञ्चारको पहुँच वृद्धि गर्न सबै स्थानीय तहमा इन्टरनेट सुविधा पु¥याउने उद्देश्यले सुरु गरिएको ब्रोडब्यान्ड इन्टरनेट सेवा गत फागुनसम्ममा सबै स्थानीय तहका कार्यालय र ६ हजार सात सय ४३ वडा कार्यालयमा पुगेको छ । त्यसैगरी, चार हजार तीन सय ९० स्वास्थ्य केन्द्र र पाँच हजार तीन सय १८ सामुदायिक माविमा समेत ब्रोडब्यान्ड इन्टरनेट जडान कार्य सम्पन्न भएको छ । मध्यपहाडी राजमार्ग र आसपासका जिल्ला सदरमुकाम जोड्ने गरी सूचना महामार्ग निर्माण गर्ने कार्यअन्तर्गत फागुनसम्मका १२ हजार दुई सय ३८ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको छ ।

सगरमाथा आधार शिविर पदमार्ग, बराह क्षेत्र, अन्नपूर्ण पद मार्ग, मुक्तिनाथ मन्दिर परिसर, जानकी मन्दिर परिसर, पाथीभरा मन्दिर, हलेसी मन्दिर, गुरुद्वार, बाराको गढिमाई मन्दिर परिसर र पञ्च कास्मिरी (ताकिया मस्जिद) लगायतका धार्मिक तथा पर्यटकीयस्थलहरुमा निःशुल्क वाइफाइ हटस्पट सञ्चालनमा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । त्यसैगरी, नागरिक एपमा ५५ सरकारी सेवा आबद्ध हुनाका साथै एकीकृत एसएमएस गेटवेमार्फत ३७ निकायद्वारा जम्मा ६८ लाख २७ हजार दुई सय ७८ एसएमएस पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव
अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव
एक डाक्टरले आफ्नै वीर्यबाट ११ जना महिलालाई गर्भवती बनाउँदा…
एक डाक्टरले आफ्नै वीर्यबाट ११ जना महिलालाई गर्भवती बनाउँदा…
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
इक्यानका उमेदवार पाण्डे समुहको चुनावी अभियान पोखरामा, पोखराबाट कर्ण बहादुर गुरुङ
अन्तिम पटक खोल्न लागिएको २०१८ को डिभी भिसा चिट्ठा असोज १७ गतेबाट खुल्ने !
अन्तिम पटक खोल्न लागिएको २०१८ को डिभी भिसा चिट्ठा असोज १७ गतेबाट खुल्ने !
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरीलाई जेलमा यस्तो सुविधा
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरीलाई जेलमा यस्तो सुविधा
काठमाडाैबाट सिन्धुली जाँदै गरेकाे बस रामेछाप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
काठमाडाैबाट सिन्धुली जाँदै गरेकाे बस रामेछाप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
गुफामा फसेका १२ बालकका फुटबल प्रशिक्षक पूर्व भिक्षु भएकाे खुलासा
गुफामा फसेका १२ बालकका फुटबल प्रशिक्षक पूर्व भिक्षु भएकाे खुलासा
शिक्षा आयोगको प्रतिवेदनमा निजी क्षेत्रको कडा आपत्ति
शिक्षा आयोगको प्रतिवेदनमा निजी क्षेत्रको कडा आपत्ति
North Korea fires new ballistic missile in likely pressure tactic.
North Korea fires new ballistic missile in likely pressure tactic.
भोजपुरमा किराँतीको साढे ४ हजार मतको अग्रता
भोजपुरमा किराँतीको साढे ४ हजार मतको अग्रता

तपाईंले छुटाउनुभयो कि?