कोरोनाविरुद्धको भ्याक्सिन माघभित्र नेपाल भित्रने

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २२, २०७७
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • भारतले कोरोना भाइरसविरुद्धको दुईवटा भ्याक्सिनलाई आकस्मिक प्रयोगको अनुमति दिएलगत्तै नेपालमा पनि चासो बढेको छ ।
  • पुनेस्थित सेरम कम्पनिले उत्पादन गरिरहेको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्सिन केही दिनभित्र प्रयोगमा ल्याउने तयारी भएपछि चासो बढेको हो ।
  • भारतमा प्रयोगमा ल्याइएको दुई हप्ताभित्र दक्षिण एशियाका छिमेकी देशहरुमा निर्यात गर्ने तयारी समेत भारतले गरेको छ ।

भारतले कोरोना भाइरसविरुद्धको दुईवटा भ्याक्सिनलाई आकस्मिक प्रयोगको अनुमति दिएलगत्तै नेपालमा पनि चासो बढेको छ । पुनेस्थित सेरम कम्पनिले उत्पादन गरिरहेको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्सिन केही दिनभित्र प्रयोगमा ल्याउने तयारी भएपछि चासो बढेको हो । भारतमा प्रयोगमा ल्याइएको दुई हप्ताभित्र दक्षिण एशियाका छिमेकी देशहरुमा निर्यात गर्ने तयारी समेत भारतले गरेको छ । त्यसमा नेपाल प्राथमिकतामा परेको बुझिएको छ ।

सेरमले उत्पादन गरेको कोभिसिल्डको निर्यातको तयारी भइरहेको छ । बँगलादेशले भयाक्सिन अर्डर गरिसकेकाो छन् । निर्यातको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । नेपालबाट पनि निर्यातको प्रक्रिया बढाइएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको १ माघमा हुने भनिएको भारत भ्रमणमा भ्याक्सिन नेपाल ल्याउने विषयमा पनि कुराकानी हुनसक्ने बुझिएको छ । विश्वस्त स्रोतका अनुसार भ्याक्सिन ल्याउने सम्झौता पनि हुनसक्नेछ । पहल र प्रक्रिया सफल भएमा माघभित्र भ्याक्सिनको निश्चित डज नेपाल भित्रनेछ । भारतले अनुदान र सुपथ मूल्य दुवैमा सुमधुर सम्बन्ध भएका छिमेकीलाई भ्याक्सिन उपलब्ध गराउने जनाएको छ । त्यसमा नेपाल पनि प्राथमिकतामा परेको हो । खुल्ला सीमा भएकाले पनि भारतले नेपालमा पनि जतिसक्दो छिटो भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेको बुझिएको छ ।

भारतको विदेश मन्त्रालयले अन्य देशहरुलाई भ्याक्सिन सहयोगको योजनाबारे खुलाइसकेको छ । विदेश नाम उल्लेख नगरी विदेश मन्त्रालयका अधिकारीको भनाई उदृत गर्दै बीबीसीले भनेको छ,‘भ्याक्सिन प्रयोगमा ल्याइएको दुई हप्तात्रि केही दक्षिण एशियाली देशहरुमा भ्याक्सिन निर्यातको अनुमति दिनेछौं ।’ विदेश मन्त्रालयले केही भ्याक्सिन भारतले अनुदान सहयोगमा दिने जनाएको छ । भारतको खरिद मूल्यमै केही भ्याक्सिन निर्यात गरिने समेत उल्लेख छ ।

यसैगरी, सेरम इन्स्टिच्युट अफ इन्डियाका कार्यकारी निर्देशक अडार पुनावालाले निर्यातको विषय समेत उल्लेख गरेका छन् । भारतले जनवरीभित्रै छिमेकी देशहरुलाई भ्याक्सिन निर्यात गर्ने बुझिएबाट बँगलादेश र नेपालमा विशेष चासो बढेको छ । बँगलादेशले ३ करोड डज भ्याक्सिनको माग गरिसकेको छ । नेपालमा पनि भ्याक्सिन भित्राउने तयारी अवस्था छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले बजेट तयारी अवस्थामा राखेको यसअघि नै जनाइसकेको छ । तर, कुन देशबाट भ्याक्सिन भित्राउने खुलाइसकिएको छ । नेपालले भारतबाटै अक्सफोर्ड भ्याक्सिन भित्राउन पहल गरिसकेको बुझिएको छ । भ्याक्सिन सुपथ मूल्यमा पनि पाइने र भण्डारण पनि सहज भएकाले नेपालको ध्यान अक्सफोर्ड भ्याक्सिनमा गएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस
चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस
३८ लाख रुख रोपिनुुपर्ने
३८ लाख रुख रोपिनुुपर्ने
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
ठग्न पाउनुपर्छ भन्दै नाराजुलुसमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने सरकारको तयारी
देशभर शाखा विस्तार गर्ने योजनासहित सुरु भयो नेचर सुपर मार्केट
देशभर शाखा विस्तार गर्ने योजनासहित सुरु भयो नेचर सुपर मार्केट
Popular Terme Conseillé 1xbet Ng Using Generous Odds Previously In Nigeria
हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण
हवाई सुरक्षाप्रति आक्रामक बन्दै प्राधिकरण
प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल
प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल
सरकारको प्रतिरक्षामा यसरी गर्जिए सदनमा महेश बस्नेत (भिडियोसहित)
सरकारको प्रतिरक्षामा यसरी गर्जिए सदनमा महेश बस्नेत (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?