गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १४, २०७४
|
|
१६६ पटक हेरिएको
Shares
गोहीको आक्रमणबाट बच्न सफल बालक प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग

सारांश

  • गोहीको आक्रमणबाट बच्न सफल जगतपुर, घैलाघारीका १३ वर्षीय बालक अर्जुन हरिजनलाई प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग गरेका छन् ।
  • चितवन समाज युएई तथा चितवन समाज इजरायलले हरिजनको उपचारका लागि आर्थिक सहयोग गरेका हुन् ।
  • संयुक्त पहलमा उठाइएको ८५ हजार रुपैयाँ चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको समन्वयमा वैशाख १३ गते हस्तान्तरण गरिएको चितवन समाज युएईका निमकान्त पाण्डेले बताए ।

गोहीको आक्रमणबाट बच्न सफल जगतपुर, घैलाघारीका १३ वर्षीय बालक अर्जुन हरिजनलाई प्रवासी नेपाली संगठनहरुले आर्थिक सहयोग गरेका छन् ।

चितवन समाज युएई तथा चितवन समाज इजरायलले हरिजनको उपचारका लागि आर्थिक सहयोग गरेका हुन् ।
संयुक्त पहलमा उठाइएको ८५ हजार रुपैयाँ चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको समन्वयमा वैशाख १३ गते हस्तान्तरण गरिएको चितवन समाज युएईका निमकान्त पाण्डेले बताए ।

घाइते बालकको उपचारमा आर्थिक समस्या भएको खबर बाहिर आएपछि युएई र इजरायलमा रहेको चितवन समाजले आर्थिक सहयोग संकलन गरेको थियो ।

चितवन समाज, इजरायलबाट ५१ हजार र युएईबाट ३३ हजार ६ सय ७० गरी संयुक्त रुपमा रु ८४ हजार ६ सय ७० रुपैयाँ आर्थिक सहयोग पीडितका परिवारलाई चितवन मेडिकल कलेज भरतपुरमा हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल अध्यक्ष मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष सीता ढकाल, सहकोषाध्यक्ष साझाराम बिक, सदस्य रामबाबु थापा तथा चितवन समाज इजरायलकी प्रथम उपाध्यक्ष सरिस्मा बराललगायतको उपस्थिति थियो ।

यसैबीच, चितवन समाज युएईले राष्ट्रिय आविस्कार केन्द्रका अभियन्ता डा. महावीर पुनले सञ्चालन गरेको अभियानमा पनि ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त रकम चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका सहसचिव गणेश ढकालले केन्द्रलाई हस्तान्तरण गरेका हुन् । पुनको अभियानलाई सहयोग गर्न चितवन समाजका सल्लाहकार रमेश सुवेदीको संयोजकत्वमा एक समिति बनाइएको थियो । यस सहयोग अभियानमा बराक क्यालिटी प्लस कम्पनीका कर्मचारीहरु र मुनाल बचत कोष परिवारका सदस्यहरुको विशेष योगदान रहेको चितवन समाजले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा हालसम्मको परिणाम 
सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा हालसम्मको परिणाम 
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
माछापुच्छ्रे बैंकको २ नयाँ शाखा विस्तार
माछापुच्छ्रे बैंकको २ नयाँ शाखा विस्तार
विषाक्त रक्सी खाँदा मलेसियामा मृत्यु हुने नेपाली ७ पुगे, १२ जना उपचार हुँदै (नामसहित)
विषाक्त रक्सी खाँदा मलेसियामा मृत्यु हुने नेपाली ७ पुगे, १२ जना उपचार हुँदै (नामसहित)
आचारसंहिता उल्लंघन नगर्न चेतावनी
आचारसंहिता उल्लंघन नगर्न चेतावनी
भूकम्प गएको चार वर्ष पछी रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण हुँदै
भूकम्प गएको चार वर्ष पछी रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण हुँदै
जंगली हात्तीले २१ घर भत्काए
जंगली हात्तीले २१ घर भत्काए
दसैँको छुट बजारमा यसरी मच्चाइन्छ लुट
दसैँको छुट बजारमा यसरी मच्चाइन्छ लुट
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी
सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयासमा छ : प्रधानमन्त्री
सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयासमा छ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?