बाघ गन्न राखेका क्यामेरा नै हराए

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २३, २०७४
|
|
६० पटक हेरिएको
Shares
बाघ गन्न राखेका क्यामेरा नै हराए

सारांश

  • काठमाडौं, २३ माघ – चितवन राष्ट्रिय निकुञ्ज र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका स्वचालित ‘ट्रयापिङ क्यामेरा’ हराएका छन् ।
  • केही वन्यजन्तुले क्षति पुर्‍याएका छन् ।
  • निकुञ्जले गत मंसिर १४ बाट बाघ गणना र उनीहरूको गतिविधि हेर्न विभिन्न क्षेत्रमा क्यामेरा जडान गरेको थियो , यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

काठमाडौं, २३ माघ – चितवन राष्ट्रिय निकुञ्ज र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका स्वचालित ‘ट्रयापिङ क्यामेरा’ हराएका छन् । केही वन्यजन्तुले क्षति पुर्‍याएका छन् । निकुञ्जले गत मंसिर १४ बाट बाघ गणना र उनीहरूको गतिविधि हेर्न विभिन्न क्षेत्रमा क्यामेरा जडान गरेको थियो , यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

रौतहटस्थित पौराई जंगलबाट स्थानीय बालकले २ वटा क्यामेरा फेला पारेको र ढुंगाले फुटाउन खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त क्यामेरा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी शान्तिराज कोइरालाको पहलमा वन कार्यालयलाई जिम्मा लगाइएको छ ।
बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएका क्यामेरा चोरी भएको र केहीमा वन्यजन्तुबाट क्षति पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए । ‘केही स्थानका क्यामेरा हात्तीले फुटाएको पाइयो । केही चोरिएका छन् । केही थाहा नपाएर के रहेछ भन्दै लगेको पाइयो,’ उनले भने, ‘केही स्थानमा फेला पारी प्रहरीमार्फत फिर्ता ल्याइएको छ ।’
निकुञ्जका अनुसार पर्सा क्षेत्रको पहिलो ब्लकमा जडान गरिएका ३६, दोस्रोमा २६ र तेस्रो ब्लकमा ११ गरी ७३ वटा क्यामेरामध्ये ३५ वटा चोरी भएका छन् । झन्डै ३० वटा क्यामेरा हात्तीले फुटाइदिएका छन् । हराएकामध्ये ५ वटा फेला परेका थिए । बस्ती नजिक जडान गरिएका क्यामेरा बालबालिकाले खेलौना भनेर ल्याउने गरेका छन् । यहाँस्थित कंकालीमा हराएको एउटा क्यामेरा प्रहरीमार्फत फिर्ता आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बनेपामा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
बनेपामा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
आफ्नो नागरिकता खारेजीको विषयमा राजेन्द्र महतोले मागे गोकुल बास्कोटासँग जवाफ
आफ्नो नागरिकता खारेजीको विषयमा राजेन्द्र महतोले मागे गोकुल बास्कोटासँग जवाफ
पर्सा : छिपहरमाई गाउँपालिकामा माओवादी विजयी
पर्सा : छिपहरमाई गाउँपालिकामा माओवादी विजयी
राजनीतिक शेयर बजारमा  बाबुराम भट्टराईको मूल्यवृद्धि !
राजनीतिक शेयर बजारमा बाबुराम भट्टराईको मूल्यवृद्धि !
ओमानविरुद्ध १९ ओभरमा १२ रन दिँदै नेपालले लियो ५ विकेट
ओमानविरुद्ध १९ ओभरमा १२ रन दिँदै नेपालले लियो ५ विकेट
कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’
कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’
सामूहिक बलात्कारकी शिकार एवं एसिड हमलाकी पीडितमाथि पुनः फ्याँकियो एसिड
सामूहिक बलात्कारकी शिकार एवं एसिड हमलाकी पीडितमाथि पुनः फ्याँकियो एसिड
साउन २१ गते बुधवारको राशिफल यस्तो छ
साउन २१ गते बुधवारको राशिफल यस्तो छ
सत्ताबाट हटाउने प्रयास विफल पार्न ओलीले तयार गरेका यी अस्त्र
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?