ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २४, २०७४
|
|
५० पटक हेरिएको
Shares
ट्राफिक प्रहरी भन्छन्, तलबले लुगा धुने कि पेट पाल्ने

सारांश

  • काठमाडौँ, २४ माघ , न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी ।
  • राजधानीसहित देशका अधिकांश शहरमा अहिले खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम, पानी, धुवाँ धुलो नभनी ट्राफिक व्यवस्थापनमै बितेको छ ।
  • थानकोटमा कार्यरत एक प्रहरी जवान राजधानी भित्रिने प्रमुख नाका कलंकी–थानकोट बाटो मर्मतले गर्दा हुने धुलो धुवाँले गर्दा काम गर्न समस्या परेको बताउनुहुन्छ ।

काठमाडौँ, २४ माघ , न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी ।

राजधानीसहित देशका अधिकांश शहरमा अहिले खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम, पानी, धुवाँ धुलो नभनी ट्राफिक व्यवस्थापनमै बितेको छ । थानकोटमा कार्यरत एक प्रहरी जवान राजधानी भित्रिने प्रमुख नाका कलंकी–थानकोट बाटो मर्मतले गर्दा हुने धुलो धुवाँले गर्दा काम गर्न समस्या परेको बताउनुहुन्छ । “धुवाँ र धुलोले गर्दा एकजोर कपडा एक दिनभन्दा दुईदिन लगाउन मिल्दैन,”– उहाँ भन्नुहुन्छ ।

दरबारमार्गमा कार्यरत अर्का जवान हप्ताको तीनजोर कपडा फेर्ने गरेको बताउनुहुन्छ । “तलबको पैसाले कपडा धुने की, परिवार पाल्ने की औषधोपचार गर्ने ? – उहाँ भन्नुहुन्छ ।

यी केवल घटनाका पात्रमात्र हुन्, अधिकांश तल्लो तहका कर्मचारी भने तलब थोरै र काम धेरैले गर्दा मर्कामा परेका हुन् । मुलुकको जनसंख्यासँगै बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्ने जिम्मा पाएको ट्राफिक प्रहरीले तोकेको समयभन्दा धेरै समय काम गर्दै आएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनी अहिले उपत्यकाका ट्राफिकले दैनिक न्यूनतम १० घण्टादेखि अधिकतम १६ घण्टासम्म काम गर्दै आएको बताउनुहुन्छ । “ट्राफिक दरबन्दी थोरै र सवारी संख्या धेरै हुँदा ट्राफिक खटिनुपरेको छ,”– उहाँ भन्नुहुन्छ ।

एउटा ट्राफिक प्रहरी जवानले मासिक तलब रु १७ हजार २३०का साथै रू एक हजार भत्ता पाउँदै आएका छन् । विसं २०६९ मा ट्राफिक प्रहरीले उठाएको राजश्वको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई दिने निर्णय गरिएको थियो । आर्थिक वर्ष २०७०÷०७१ मा १५ प्रतिशत कमिशन पाएका ट्राफिकले त्यसपछि भने पाएका छैनन् ।

ट्राफिक प्रहरीले भत्ताका लागि नै जथाभावी रुपमा पैसा लियो भन्ने चालकको ब्यापक गुनासो आएपछि गृहमन्त्रालयले विसं २०७४ जेठमा १५ प्रतिशत कमिशन लिने प्रक्रिया हटाएर अतिरिक्त भत्ता दिने निर्णय गरेको थियो ।

गृहले तल्लो तहका ट्राफिक प्रहरीलाई तलबको ४५ प्रतिशत र माथिल्लो तहका कर्मचारीलाई तलबको २५ प्रतिशत अतिरिक्त भत्ता माग गर्दै अर्थ मन्त्रालयमा पठाएकामा अहिलेसम्म अर्थ मन्त्रालयले यसबारे केही जवाफ दिएको छैन ।

अर्थमन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेल ट्राफिक प्रहरीलाई अतिरिक्त भत्ता दिने विषयमा कुनै निर्णय भइनसकेको बताउनुहुन्छ । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार हाल मुलुकमा झण्डै २८ लाख साना, ठूला सवारीसाधन भएकामा काठमाडौँ उपत्यकामा मात्र १० लाखको हाराहारीमा सवारी साधन ओहोरदोहोर गर्दछन् ।

काठमाडौँ उपत्यकामा एक हजार ५९४ किलोमिटर सडक भए पनि सवारी साधन गुड्ने व्यस्त सडक ४७२ किलोमिटर छ । उपत्यकामा हाल ३८ एकाइबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ ।

ती सवारीसाधन व्यवस्थापनका लागि अहिले मुलुकभर तीन हजारको हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपाने ट्राफिक प्रहरीको दरबन्दी दुई हजार ३६४ मात्र भएकाले खटाइको मात्रा बढेको बताउनुहुन्छ । “ट्राफिकको काम सवारी साधन व्यवस्थापनमात्र भए पनि सबै काम गर्नुपरेको छ,”– उहाँ भन्नुहुन्छ ।

काममा खटिने ट्राफिकलाई एकछिन थकाइ लागेको बेलामा बस्ने ठाउँदेखि तिर्खा लागेको बेला पिउने पानीसमेतको व्यवस्था नभएको उहाँको भनाइ छ । उपत्यकामा एक हजार ८५, पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय २९०, मध्यमाञ्चल ट्राफिक कार्यालय पथलैयामा ४०२, पश्चिमाञ्चल ट्राफिक प्रहरी कार्यालय बुटवलमा २७९, मध्यपश्चिमाञ्चल ट्राफिक कार्यालय कोहलपुरमा १९२ र सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियामा १३३ ट्राफिक प्रहरीको दरबन्दी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकासँग सीधा सम्बन्ध स्थापित, तर नेपाल कतै ढल्केको छैन-परराष्ट्रमन्त्री ज्ञवाली
अमेरिकासँग सीधा सम्बन्ध स्थापित, तर नेपाल कतै ढल्केको छैन-परराष्ट्रमन्त्री ज्ञवाली
पत्रकार विजय रानाको सहयोगार्थ कोरियाबाट आयो १ लाख १८ हजार
पत्रकार विजय रानाको सहयोगार्थ कोरियाबाट आयो १ लाख १८ हजार
निर्मला हत्या प्रकरण: नेपाल प्रहरीलाइ अायाे यस्ताे निर्देशन
निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीकः प्रधानमन्त्री
निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीकः प्रधानमन्त्री
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
योगेश भट्टराईलाई प्रश्न : आमाको सपना पूरा भयो, देशको कसरी हुन्छ ?
योगेश भट्टराईलाई प्रश्न : आमाको सपना पूरा भयो, देशको कसरी हुन्छ ?
अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु
अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु
ललिता निवास प्रकरण : दुई पूर्वकर्मचारी पक्राउ
ललिता निवास प्रकरण : दुई पूर्वकर्मचारी पक्राउ
प्रदेश नम्बर ७: प्रदेशको नाम खप्तड र राजधानी कैलालीको गोदावारी !
प्रदेश नम्बर ७: प्रदेशको नाम खप्तड र राजधानी कैलालीको गोदावारी !
दोस्रो चरणमा पनि एमालेको शतक पूरा
दोस्रो चरणमा पनि एमालेको शतक पूरा

तपाईंले छुटाउनुभयो कि?