घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २५, २०७४
|
|
४१ पटक हेरिएको
Shares
घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार

सारांश

  • रुकुम, २५ माघ ।
  •   सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् ।
  • जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश ग¥यो भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गर्नुभएको हो ।

रुकुम, २५ माघ ।  सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् ।

जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश ग¥यो भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गर्नुभएको हो ।

हाल दाङको पद्मोदय नमूना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले यस्तो यन्त्र आविष्कार गरेपछि जिल्लामा उहाँको निकै चर्चा चलिरहेको छ । ओलीले योसँगै अन्य विभिन्न ३० वटा उपकरण पनि बनाएको बताउनुभएको छ ।

उहाँले बनाएका केही उपकरण बिक्रीका लागिसमेत बजारमा आइसकेका छन् । “मैले बनाएको सबैभन्दा राम्रो उपकरण सेक्युरिटी सिस्टम हो, २१ वर्षे ओलीले भन्नुभयो, “यसमा पहिले नै मोबाइल नम्बर सेट गरिएको हुन्छ, कोठामा कोही प्रवेश ग¥यो भने मोसन र हिटका आधारमा मेसिनले जुन व्यक्तिको फोन नम्बर सेट गरिएको हुन्छ, त्यसमा फोन गर्छ ।

सम्बन्धित व्यक्तिले फोन उठाएपछि कोठाभित्र भइरहेको गतिविधिको आवाजसमेत सुन्न सकिने उहाँले बताउनुभयो । रातिको समयमा पसल, घर, कार्यालयलगायतका ठाउँमा हुने चोरीको सूचना दिन यो उपकरण सहयोगी बन्ने विश्वाससहित आफूले उपकरण तयार पारेको ओलीको भनाइ छ । यसलाई थप व्यवस्थित बनाउन निरन्तर मेहनत गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अयोध्याबारे विस्तृत अध्ययनको आवस्यकता
अयोध्याबारे विस्तृत अध्ययनको आवस्यकता
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ
गुर्जा जोड्ने सडक निर्माण सुरु
गुर्जा जोड्ने सडक निर्माण सुरु
मन्त्री रघुवीर सम्पत्तिमा पनि साँच्चिकै “महासेठ”-४० करोड सेयर, डेढ सय बिघा जमिन
मन्त्री रघुवीर सम्पत्तिमा पनि साँच्चिकै “महासेठ”-४० करोड सेयर, डेढ सय बिघा जमिन
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
५० हजार मत कटाउने एकमात्रै नेता टोपबहादुर रायमाझी, जसले ह्याट्रिक समेत पूरा गरे !
डेनमार्ककी राजकुमार योकिम हेल्गर गोरखामा…
डेनमार्ककी राजकुमार योकिम हेल्गर गोरखामा…
Akshay Kumar embarrasses Mouni Roy with his drunk dance in ‘Chad Gayi Hai’ song from ‘Gold’
Akshay Kumar embarrasses Mouni Roy with his drunk dance in ‘Chad Gayi Hai’ song from ‘Gold’
उमेर नपुग्दै आमा बन्दाका चुनौती
उमेर नपुग्दै आमा बन्दाका चुनौती
चिकित्सकको लापर्बाही, सुत्केरीको मृत्यु…
चिकित्सकको लापर्बाही, सुत्केरीको मृत्यु…