रमाइलोकै लागि हो त ‘भ्यालेनटाइन डे’, यसो भन्छन् युवायुवती ? (भिडियो)
सारांश
- काठमाडौं, माघ २८ ।
- १४ फ्रेबुअरीमा विश्वभर मनाइने दिवस हो ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस ।
- यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ ।
काठमाडौं, माघ २८ । १४ फ्रेबुअरीमा विश्वभर मनाइने दिवस हो ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ ।
तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाए, तर भ्यालेन्टाइन भने सम्राटको निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो– अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।
त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फ्रेबुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।
प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा ‘भ्यालेन्टाइन डे’ मनाउन थालिएको हो । नेपालमा पनि यो दिवसले मान्यता पाउन थालेको छ । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
भ्यालेन्टाइन डेको तीव्र प्रतीक्षामा छन्, अहिलेका युवायुवतीहरु । आफूले मन पराएको साथीलाई प्रपोज गर्न पर्खिरहेका छन् । भ्यालेन्टाइन डेलाई स्पेशल बनाउन चाहिरहेका छन् । आफ्नो प्रेम प्रस्ताव खेर नजाने युवायुवतीहरुको दृढविश्वास पनि छ ।
भ्यालेन्टाइन डे विदेशी संस्कृति भए तापनि नेपालका लागि खासै नराम्रो मानिँदैन । प्रेम दिवसलाई प्रेमी र प्रेमिकाले आपसमा माया साटासाट गर्ने दिनको रूपमा पनि लिइन्छ । यो दिनलाई खुलेरै माया गर्ने अनि नयाँ ठाउँमा घुम्न जाने गर्छन् । केही युवायुवतीहरु प्रणय दिवसलाई हृदयबाट स्वीकार्छन् । उनीहरु भन्छन्, ‘प्रेम दिवसजस्तो दिनलाई हामीले मौकाको रूपमा खोजी गरिरहेका हुन्छौं ।’
शिखरन्यूजले शनिबार काठमाडौंस्थित धुम्बाराहिमा पुगेर एक रिपोर्ट तयार पारेको छ । ‘भ्यालेनटाइन डे’ किन, के का लागि, कस्तो, के हो ? जस्ता विषयमा आधारित रहेर मनिषा त्रिपाठी र बिस्नु फडेराको भिडियो रिपोर्ट हेर्नुहोस् ।
भिडियो : बिस्नु फडेरा
प्रतिक्रिया