एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
५७ पटक हेरिएको
Shares
एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’

सारांश

  • शिखरन्यूज, काठमाडौं, ८ फागुन-  नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताका लागि सहमत भएसँगै एउटै नेपाल कम्युनिष्ट पार्टी हुने भएको छ ।
  • मध्य रातमा प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सात बुँदे एकीकरणका प्रारम्भिक आधारहरुमा हस्ताक्षर गरेका हुन् ।
  • कतिपयले दुई कम्युनिष्ट पार्टीको एकतालाई ‘आइस ब्रेक’, ‘ब्रेक थ्रु’ भनेका छन् ।

शिखरन्यूज, काठमाडौं, ८ फागुन-  नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताका लागि सहमत भएसँगै एउटै नेपाल कम्युनिष्ट पार्टी हुने भएको छ । मध्य रातमा प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सात बुँदे एकीकरणका प्रारम्भिक आधारहरुमा हस्ताक्षर गरेका हुन् । कतिपयले दुई कम्युनिष्ट पार्टीको एकतालाई ‘आइस ब्रेक’, ‘ब्रेक थ्रु’ भनेका छन् ।

२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। २०१९ सालमा को तेस्रो महाधिवेशनसँगै कम्युनिस्ट पार्टीमा विभाजन भएको थियो । सोमबार एकताको घोषणा गरेका यी दुई पार्टीको ५५ वर्षपछि पुनर्मिलन भएको हो।

धेरैले पार्टी एकतालाई शंकाको दृष्टिकोणले हेर्दै आएका थिए । तर, फागुन ७ प्रजातन्त्र दिवसको अवसरमै मध्यरातमा दुई पार्टी एक गर्ने सहमतिसहित एकीकरण भएको छ । तर, एकीकरणका प्रारम्भिकर सात बुँदे आधार कार्यान्वयनलाई नेताहरुले चुनौतिको रुपमा लिन आग्रह गरेका छन् ।
नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादी केन्द्र बीच सात बुँदेमा हस्ताक्षर भएपछि अब नेपाल कम्युनिष्ट पार्टी बन्ने बताएका छन् । सात बुँदे प्रारम्भिक आधार कार्यान्वयनका लागि सचेत हुन सबैलाई आग्रह समेत गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘यसबाट एकीकृत पार्टी निर्माण सुनिश्चित भएको छ । सबै कम्युनिष्ट क्रान्तिकारीहरुलाई बधाई । तर आगामी चुनौतिप्रति पनि त्यत्तिकै सचेत र गम्भीर बनौं ।’
प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा वाम गठबन्धनसँगै पार्टी एकता गर्ने घोषणा गरेका पार्टीका दुई अध्यक्ष निरन्तर रुपमा वार्ता र छलफल गर्दै आएका थिए । पार्टी एकताको लागि दुई पार्टीबाट एकता संयोजन समितिको समेत गठन भैसकेको छ । संयोजन समितिको समेत पटकपटक वैठक बसिसकेको छ ।

एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने छ । पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ सहमतिपत्रमा उल्लेख छ ।

एमालेले अबलम्वन गरिआएको “जनताको बहुदलीय जनवाद” र माओवादी केन्द्रले अवलम्वन गरिआएको “माओवाद र २१ औं शताब्दीमा जनवाद” सम्बन्धी विषयमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिनेगरी तय गरिएको छ ।

महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने बताइएको छ । सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणालीमा जाने भएका छन् । आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने सहमतिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
ओलीसामु देउवाको सोझो प्रस्ताव- संविधान संशोधन र सत्तामा सहकार्य
ओलीसामु देउवाको सोझो प्रस्ताव- संविधान संशोधन र सत्तामा सहकार्य
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
बौद्ध स्तूपमा ढल निर्माण गर्ने मेयर शाक्यकाे अाश्वासन !
बौद्ध स्तूपमा ढल निर्माण गर्ने मेयर शाक्यकाे अाश्वासन !
सन्दीपलाई राष्ट्रिय टिममा समावेश गर्नु गलत हो : गगन थापा
सन्दीपलाई राष्ट्रिय टिममा समावेश गर्नु गलत हो : गगन थापा
भक्तपुरमा न्हुँदया भिन्तुना र्‍यालीमा एमाले, नेमकिपा प्रतिस्पर्धा !
भक्तपुरमा न्हुँदया भिन्तुना र्‍यालीमा एमाले, नेमकिपा प्रतिस्पर्धा !
यसकारण एमाले–माओवादी पार्टी एकता अनिश्चित
यसकारण एमाले–माओवादी पार्टी एकता अनिश्चित
कोरोना कहरले ठूलो संख्या बेरोजगार बन्दै
कोरोना कहरले ठूलो संख्या बेरोजगार बन्दै
हेर्नुस् आज तपाइँको भाग्य यस्तो छ…
हेर्नुस् आज तपाइँको भाग्य यस्तो छ…
अब जतासुकै नाराजुलुस गर्न नपाइने, सरकारले तोक्यो यी ठाउँ
अब जतासुकै नाराजुलुस गर्न नपाइने, सरकारले तोक्यो यी ठाउँ

तपाईंले छुटाउनुभयो कि?