नेपाली कांग्रेसको महासमिति आजपनि जारी

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १, २०७५
|
|
५० पटक हेरिएको
Shares
नेपाली कांग्रेसको महासमिति आजपनि जारी

सारांश

  • काठमाडौं, १ पुस ।
  • नेपाली कांग्रेसको महासमिति बैठक आजपनि जारी रहेको छ ।
  • हिजोबाट राजधानीमा शुरु बैठकमा आज विभिन्न प्रतिवेदन पेश हुँदैछन् ।

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महासमिति बैठक आजपनि जारी रहेको छ । हिजोबाट राजधानीमा शुरु बैठकमा आज विभिन्न प्रतिवेदन पेश हुँदैछन् । विधान मस्यौदामा सहमति जुटाउन नसकेको कांग्रेसले महासमिति मार्फत् एकताको सन्देश दिने तयारी गरेको छ । विधान मस्यौदामा सहमति जुटाउनुपूर्व आर्थिक, राजनैतिक र लेखा प्रतिवेदनमाथि छलफल गरिँदैछ ।

महासमिति बैठकमा संघीय संरचना अनुकुल विधान पेश गर्न मंसिर ९ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकले सहमति जुटाउन सकेन । आजपनि शीर्ष नेताहरुबीच अनौपचारिक छलफलका माध्यमबाट विधानमा सहमति जुटाउने प्रयास गरिने कांग्रेस केन्द्रीय सदस्य एनपी साउँदले बताए ।

उनले कांग्रेसले महासमिति मार्फत् नेता, कार्यकर्तामा एकताको सन्देश प्रवाह गर्न खोजेको बताए । हिजोको उद्घाटन सत्रमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले व्यक्तिवादी चिन्तनबाट मुक्त भइ पार्टीमा साझा धारणाको विकास गर्नुपर्ने औल्याएका थिए ।

महासमितिमा सहभागि हुन ७७ जिल्लाका सदस्यहरु काठमाडौंमा भेला भएका छन् । बैठक पर्सिसम्म चल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने–  ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने– ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
त्रिभुवन विश्वविद्यालय र चण्ढीगढ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
त्रिभुवन विश्वविद्यालय र चण्ढीगढ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
कोरोना महामारीले चीन बन्यो शक्तिशाली, पश्चिमाहरु त्रसित भएसँगै नयाँ युद्धको खतरा
कोरोना महामारीले चीन बन्यो शक्तिशाली, पश्चिमाहरु त्रसित भएसँगै नयाँ युद्धको खतरा
रामबहादुर थापा र विष्णु पौडेल ले पाए यस्ताे जिम्मेवारि
रामबहादुर थापा र विष्णु पौडेल ले पाए यस्ताे जिम्मेवारि
सरकारले तुरुन्त वार्ता समिति बनाएर डा. केसीको माग सम्बोधन गरोस् : गगन थापा
सरकारले तुरुन्त वार्ता समिति बनाएर डा. केसीको माग सम्बोधन गरोस् : गगन थापा
बामदेव गौतमलाई मन्त्री नबनाउनु भन्दै सर्वोच्चमा दायर रिटको सुनुवाई आज
बामदेव गौतमलाई मन्त्री नबनाउनु भन्दै सर्वोच्चमा दायर रिटको सुनुवाई आज
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
केनको निर्णायक गोलमा टोटेनहम फाइनलमा, रियल पुनः पराजित
केनको निर्णायक गोलमा टोटेनहम फाइनलमा, रियल पुनः पराजित

तपाईंले छुटाउनुभयो कि?