असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने– ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ७, २०७४
|
|
४२ पटक हेरिएको
Shares
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने–  ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’

सारांश

  • गोकर्ण पौडेल, दाङ मंसिर ७ ।
  • चुनावी अभियानका क्रममा घोराही उपमहानगरपालिका वडानम्वर १४ पुग्नुभएका शंकर पोख्रेललाई गणेशप्रसाद रोका मगरले मुख्यमन्त्री बन्नू भनेर शुभकामना दिनुभयो ।
  • चुनावी भेटघाटका क्रममा पुग्नुभएका पोख्रेललाई मगरले आफ्नै शैलीमा भन्नुभयो, ‘तिम्रा बारेमा धेरै कुरा सुनेको थिएँ ।

गोकर्ण पौडेल,

दाङ मंसिर ७ । चुनावी अभियानका क्रममा घोराही उपमहानगरपालिका वडानम्वर १४ पुग्नुभएका शंकर पोख्रेललाई गणेशप्रसाद रोका मगरले मुख्यमन्त्री बन्नू भनेर शुभकामना दिनुभयो । चुनावी भेटघाटका क्रममा पुग्नुभएका पोख्रेललाई मगरले आफ्नै शैलीमा भन्नुभयो, ‘तिम्रा बारेमा धेरै कुरा सुनेको थिएँ । घरमै भेट्न आयौ म निकै खुसी छु ।

तिमीले जित्छौ ढुक्क होऊ । दाङ बनाउनकालागि तिमी जत्तिको नेता मैले आजसम्म देखेको पनि छैन ।’ आफू जागिरको क्रममा भारतमा रहँदा पनि त्यहाँको मुख्यमन्त्रीसँग नजिक भएर काम गरेको स्मरण गर्दै मगरले भन्नुभयो, ‘तिमी जितेर गएपछि केपी वली र प्रचण्डले मुख्यमन्त्री बनाउने भनेका छन् रे भन्ने सुनेको छु । तिमीले जित्यौ भने मात्र दाङको विकास हुन्छ भन्ने आशा राखेको छु । तिम्रा नेता झलनाथ, माधव नेपालसँग पनि भेटेको छु ।’ मगरले थप्नुभयो, ‘कस्ता नेताले जितेर गए भन्ने कुरा के भन्नुपर्छ र ? एक वटा पुल बन्न ६ वर्ष लाग्दा समेत कुनै वास्ता छैन ।’ मगर मात्र होइन बंगलाचुली गाउँपालिका वडानम्वर ३ का ७० वर्षिय विष्णु डाँगीको भनाई पनि यस्तै छ ।

निर्वाचनका क्रममा डाँगीको घरमै पुग्नुभएका पोख्रेललाई डाँगीले भन्नुभयो, ‘हामी अब पैसोको पोइल जाने छैनांै । विकास गर्छौं भन्ने नेताको हालत पनि देखेका छांै । चुनावका बेला पैसा बाँड्न आउला अनि भन्छांै–घोराही मुर्कुटी सडकको विकास त देखाएका छौ भनेर ।’ डाँगीको घरमा पुगेका पोख्रेलले जब डाँगीका स्थानीय जातका मौरीको घार अवलोकन गर्न थाल्नुभयो अनि उहाँ एक हातले आगोको झुम्का र अर्को हातले कर्द लिएर मह काढ्न थाल्नुभयो । ‘तपाई मुख्यमन्त्री बन्ने भनेको सुनेको छु । हामी ढुक्क छांै अन्यत्र मत माग्न जानुहोस् ।’ डाँगी र मगर मात्र होइन पोख्रेलसँगै बाल्यकालमा कुस्ती खेल्नुभएका धर्ना डाँगीगाउँका निलकण्ठ केसी समेत पोख्रेल मुख्यमन्त्री बन्ने खबरले निकै उत्साहित हुनुभएको छ । लामो समयसम्म राष्ट्रिय जनमोर्चामा रहेर काम गर्नुभएका केसी पोख्रेललाई जिताउन भर्खरै एमालेमा प्रवेश गर्नुभयो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Tiljapun Magar

    यो मगर को पनि भनाइ दुरुस्तै छ अग्रिम शुभकामना

    Comment Author

    Dipak Lama

    Janyrani vanyxa aaunusssssssass

    Comment Author

    Shyam Shubham Giri

    यो पछी गाँऊ पालिका को अध्यक्षमा ऊठ्छन शंकर पोखरेल

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन र प्रदीपलाई दायाँबायाँ राखेर सिटौलाले दिए यस्तो सन्देश
गगन र प्रदीपलाई दायाँबायाँ राखेर सिटौलाले दिए यस्तो सन्देश
प्रकृतिले आफैँ कोरिदियो सिमाना: वर्षापछि फेवातालको सतह बढ्दा सीमाङ्कनका पिल्लर र ‘तालघर’ डुबे
प्रकृतिले आफैँ कोरिदियो सिमाना: वर्षापछि फेवातालको सतह बढ्दा सीमाङ्कनका पिल्लर र ‘तालघर’ डुबे
कोच दीपले स्टिल गरेका सिडीविजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’
कोच दीपले स्टिल गरेका सिडीविजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’
विप्लव समूहको देशैभरि बम आतंक
विप्लव समूहको देशैभरि बम आतंक
शिक्षण अस्पताललाई पाकिस्तानी दूतावासद्वारा एम्बुलेन्स प्रदान
शिक्षण अस्पताललाई पाकिस्तानी दूतावासद्वारा एम्बुलेन्स प्रदान
अर्गानिक चियाको माग बढ्दै
अर्गानिक चियाको माग बढ्दै
जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस: प्रधानमन्त्री ओली
जिल्ला अदालतकाे थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह
जिल्ला अदालतकाे थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्समा आर्मी क्लबको दुइ किर्तिमान
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्समा आर्मी क्लबको दुइ किर्तिमान
विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि…
विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि…