सरकारले गरेका राम्रो कामको प्रचार किन हुन सकेन ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं। सत्तारुढ नेकपाको जारी स्थायी किमिटीमा सदस्यहरुले आफ्नो भनाइ राख्ने क्रम संभावतः शनिबार सकिँदैछ। शुक्रबारसम्मभ ४१ जना सदस्यले आफ्नो धारणा राखिसकेका छन्। ४५ सदस्यीय स्थायी कमिटीमा अधिकांश सदस्यले सरकार र नेतृत्वको आलोचना गरे। उनीहरुले दुई तिहाइको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, पार्टी नेतृत्वले सबैलाई समेटेर जान नसकेकोदेखि सरकार पुर्नगठन गर्नुपर्नेसम्मका धारणा राखे। शनिबार सदस्यहरुले बोल्नेक्रम सकिने र त्यसको केही दिनपछि अध्यक्षद्वयले जवाफ दिने बताएको छ।

विभिन्न गुटमा विभक्त नेकपामा स्थायी कमिटी सदस्यले पनि आफ्नो गुट अनुसार नै धारणा राखे। सरकारमा सहभागी सदस्यहरुले सरकारको चौतर्फी आलोचना हुँदा पनि पार्टीले बचाउ नगरेको आरोप लगाए भने अन्य सदस्यले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना गरे। शुक्रबार आफ्नो धारणा राख्ने क्रममा स्थायी कमिटी सदस्य एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेतृत्वमाथि भइरहेको आलोचना पूर्वाग्रही ढंगले आएको जिकिर गरे। सरकारले गरिरहेको कामको पार्टीको नेता तथा कार्यकर्ताको तर्फबाट पनि प्रचारप्रसार हुन नसकेको नेता पोखरेलले गुनासो गरे।
पूर्वसभामुख तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले यस अवधिमा सरकारले उल्लेख्य काम गरेको भए पनि त्यसलाई जनतासम्म पुर्याउन नसकिएको टिप्पणी गरे। उनले सरकारको कामप्रति आफू सन्तुष्ट भएको उल्लेख गर्दै तर सरकारको कामलाई स्थानीय तहसम्म पुर्याउन नसकिएको भने सत्य भएको बताए।

प्रधानमन्त्री ओली पक्षीय नेताहरुले सरकार र नेतृत्वको बचाउ गरेपनि अन्य सदस्यले भने सरकारको र नेतृत्वको आलोचना गरे। पार्टी तथा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले सरकार र पार्टी सञ्चालन गर्ने क्रममा नेतृत्वबाट थुप्रै कमजोरी भएको टिप्पणी गरेका थिए। उनले राजनीतिक नियुिक्त गर्दा विचार नपुर्याएर भ्रष्टहरुलाई नियुक्ति गर्दै जाने अनि सुशासनको कुरा गर्न नसुहाउने बताएका थिए। नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट रहेका नेता श्रेष्ठले नेतृत्वको खुलेरै आलोचना गरे। नेतृत्वलाई आफ्नो गल्तीको आत्मालोचना गरेर अगाडि बढ्न नेता श्रेष्ठले सुझाव दिएका थिए।
अधिकांश नेताले सरकार र नेतृत्वको आलोचना गरेपछि ओली पक्षीय नेताहरुले भने सरकारले गरेका राम्रा कामको पनि प्रचार हुन नसकेको भन्दै गुनासो गरेका थिए। केही समय अगाडि प्रधानमन्त्री ओलीले पनि सरकारको प्रतिरक्षामा जुट्न कार्यकर्तालाई आग्रह गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसले निर्माण गरेको कोरोना भ्याक्सिन स्पुतनिक भी नोभेम्बर महिनादेखि प्रयोगमा आउने
के तापाईंलाई हरर फिल्म हेर्न मन पर्छ ? यी हुन् छुटाउन नहुने केही डरलाग्दा फिल्म !
के तापाईंलाई हरर फिल्म हेर्न मन पर्छ ? यी हुन् छुटाउन नहुने केही डरलाग्दा फिल्म !
नेकपा एसमा भाँडभैलो
नेकपा एसमा भाँडभैलो
राजा वीरेन्द्रको ८७ अर्बको सम्पत्ति भेटियो
राजा वीरेन्द्रको ८७ अर्बको सम्पत्ति भेटियो
शेयर बजार : दोहोरो अङ्कले घट्यो
शेयर बजार : दोहोरो अङ्कले घट्यो
चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल भारि मतान्तरले विजयी
चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल भारि मतान्तरले विजयी
उदयपुरको त्रियुगा नगरपालिकाभित्र विद्युतीय समस्या, सरोकारवाला मौन
उदयपुरको त्रियुगा नगरपालिकाभित्र विद्युतीय समस्या, सरोकारवाला मौन
कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेन : कृषिमन्त्री भुसाल
कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेन : कृषिमन्त्री भुसाल
भिरबाट लडेर महिलाको मृत्यु
भिरबाट लडेर महिलाको मृत्यु
पत्रपत्रीकामा आज:स्वकीय सचिव नराखी तलब खानेमा तुलसा थापादेखि कांग्रेसका डा.खड्का सम्म
पत्रपत्रीकामा आज:स्वकीय सचिव नराखी तलब खानेमा तुलसा थापादेखि कांग्रेसका डा.खड्का सम्म