जनादेशलाई दराजमा थन्काउन पाइँदैन : नेम्वाङ

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २३, २०७४
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २३ पुस ।
  • नेकपा (एमाले)का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताउनुभएको छ ।
  • सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयको अन्तक्र्रियामा उहाँले जनादेशलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पु¥याउनुमा जोड दिँदै निर्वाचन आयोगलाई जनादेशलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

काठमाडौँ, २३ पुस । नेकपा (एमाले)का नेता सुवास नेम्वाङले निर्वाचनमा दिइएको जनादेशलाई दराजमा थन्काएर राख्दा जनताको अधिकार हनन हुने बताउनुभएको छ ।

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘वाम गठबन्धनका चुनौती र अब बन्ने स्थायी सरकार’ विषयको अन्तक्र्रियामा उहाँले जनादेशलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पु¥याउनुमा जोड दिँदै निर्वाचन आयोगलाई जनादेशलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

“अद्यावधिक निर्वाचन भइसकेपछि मुलुकलाई तार्किक निष्कर्षमा पु¥याउने काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “लोकतान्त्रिक मूल्यमान्यताअनुसार निर्वाचन भएपछि मत परिमाण सार्वजनिक गर्नुपर्दछ ।”

पूर्वसभामुख नेम्वाङले प्रतिनिधिसभाको मत परिमाण सार्वजनिक नगरेर सरकार गठनको समयलाई लम्ब्याउन खोजिएको आरोप पनि लगाउनुभयो । उहाँले सरकारले प्रदेश प्रमुख मात्र नभई प्रदेश मुकाम पनि तोक्नुपर्ने बताउनुभयो । “जिम्मेवारी पूरा गर्ने ठाउँमा बस्न रहर गर्ने तर बसिसकेपछि त्यो जिम्मेवार पूरा नगर्ने काम हुनुहुँदैन”, उहाँले थप्नुभयो, “कि जिम्मेवारी पूरा गर्न नसक्ने हो भने कुर्सी छोड्नुप¥यो ।”

प्रदेश सांसदलाई प्रदेश मुकाममा नभएर काठमाडौँमा नै शपथ खुवाउने काम सरकारले गरिरहेको भन्दै त्यसले सम्बन्धित प्रदेशका सांसद र जनताको भावनाविपरीत हुने तर्क गर्नुभयो । नेता नेम्वाङले प्रतिनिधिसभा अगाडि राष्ट्रियसभा गठन भए संघीय संसद्मा महिलाको ३३ प्रतिशत नपुग्ने जिकिर पनि गर्नुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरको बगैँचामा महिलाको शव भेटिएपछि पूर्व जर्नेलमाथि कुटपिट
कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने
कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने
आजको राशिफल
आजको राशिफल
आज राती बाट तेलको मूल्यमा २ रुपयाँ वृद्धि
आज राती बाट तेलको मूल्यमा २ रुपयाँ वृद्धि
अर्घाखाँचीमा डेड करोडको लागतमा सुस्त मनोस्थिति बिद्यालय बन्दै
अर्घाखाँचीमा डेड करोडको लागतमा सुस्त मनोस्थिति बिद्यालय बन्दै
नेपाल मात्र कोरोना भाइरस संक्रमणको समाधान भएको देशको सूचीमा
नेपाल मात्र कोरोना भाइरस संक्रमणको समाधान भएको देशको सूचीमा
प्रहरी महानिरीक्षक कार्की थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनबाट स्वदेश फर्किए
प्रहरी महानिरीक्षक कार्की थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनबाट स्वदेश फर्किए
नेपाल क्वाटरफाइनल भन्दा माथि जान सकेन
नेपाल क्वाटरफाइनल भन्दा माथि जान सकेन
सञ्चालकले शेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको अर्थमन्त्रीलाई ध्यानाकर्षण
सञ्चालकले शेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति चेम्बरको अर्थमन्त्रीलाई ध्यानाकर्षण
चर्चा बाढिको क्षतिदेखि देउवाको जम्बो मन्त्रीपरिषदसम्मको,,
चर्चा बाढिको क्षतिदेखि देउवाको जम्बो मन्त्रीपरिषदसम्मको,,

तपाईंले छुटाउनुभयो कि?