केनको निर्णायक गोलमा टोटेनहम फाइनलमा, रियल पुनः पराजित

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १५, २०७६
|
|
४७ पटक हेरिएको
Shares
केनको निर्णायक गोलमा टोटेनहम फाइनलमा, रियल पुनः पराजित

सारांश

  • एजेन्सी ।
  • इन्ग्लिश क्लब टोटेनहम प्रि–सिजन अन्तर्गत जर्मनीमा आयोजना भएको औडी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
  • मंगलबार राति भएको सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिडलाई १–० गोल अन्तरले पराजित गर्दै टोटेनहम फाइनलमा पुगेको हो ।

एजेन्सी । इन्ग्लिश क्लब टोटेनहम प्रि–सिजन अन्तर्गत जर्मनीमा आयोजना भएको औडी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिडलाई १–० गोल अन्तरले पराजित गर्दै टोटेनहम फाइनलमा पुगेको हो ।

एलिनाज स्टेडियममा टोटेनहमलाई जित दिलाउन कप्तान ह्यारी केनले निर्णायक गोल गरे । केनले खेलको २२ औं मिनेटमा गोल गरेका थिए ।रियलका मार्सेलोले दिएको ब्याकपासलाई नियन्त्रणमा लिँदै केनले निर्णायक गोल गरेका थिए ।

अब टोटेनहमले उपाधिका लागि वायर्न म्युनिखसँग खेल्नेछ । उक्त खेल बिहिबार राति सवा १२ बजे हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?