प्रदेश ४, ५ र ६ लाई मगरात घोषणा नगरिए आन्दोलनको चेतावनी

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
५२ पटक हेरिएको
Shares
प्रदेश ४, ५ र ६ लाई मगरात घोषणा नगरिए आन्दोलनको चेतावनी

सारांश

  • काठमाडौं, १३ फाल्गुन ।
  • नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरले प्रदेश नं.
  • ४, ५ र ६ लाई मगरात नामकरण गर्नुपर्ने माग राखेका छन् ।

काठमाडौं, १३ फाल्गुन । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरले प्रदेश नं. ४, ५ र ६ लाई मगरात नामकरण गर्नुपर्ने माग राखेका छन् । नेपाल मगर संघ केन्द्रीय समितिले २६ औं राष्ट्रिय सम्मेलनको तयारीका सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रोकामगरले त्यस्तो माग गरेका हुन् ।

अध्यक्ष रोकामगरले मगर जातिको थाँतथलो मगरात भूमिलाई तीनवटा चिरा पारेकोमा संघको आपत्ति रहेको बताए । उनले मगरात आदिभूमिलाई एकै ठाउँमा केन्द्रित गरी मगरात कलस्टर मिलाउन राज्यलसँग माग गरे । आफूहरुको मागको नसुनिए त्यसको नतिजा राम्रो नहुने उनले चेतावनी दिए । उनले थपे, “माग नसुनिए दवावस्वरुप हामीले आन्दोलनका कार्यक्रमहरु घोषणा गर्नेछौं ।”

यही फागुन १५, १६ र १७ गते काठमाडौंको खुलामञ्चमा २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलन हुने जानकारी पनि त्यस अवसरमा दिइएको थियो । २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलनको उदघाटन फागुनको १५ गते काठमाडौको खुलामञ्चमा हुनेछ भने १६ र १७ गतेको बन्दशत्रलगायत अन्य कार्यक्रमहरु मगर संघकै हलमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
कांग्रेस प्रविधि रूपान्तरणमा पहिलो, आजदेखि प्रस्तावमाथि छलफल
कांग्रेस प्रविधि रूपान्तरणमा पहिलो, आजदेखि प्रस्तावमाथि छलफल
फोरमका पूर्वशर्त मानेर सरकारमा ल्याए जनतामाथि ठूलो विश्वासघात : मोहनविक्रम सिंह
फोरमका पूर्वशर्त मानेर सरकारमा ल्याए जनतामाथि ठूलो विश्वासघात : मोहनविक्रम सिंह
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?
गुण र दोष केलाइदिन उपप्रधानमन्त्री पोखरेलको आग्रह
गुण र दोष केलाइदिन उपप्रधानमन्त्री पोखरेलको आग्रह
कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट
कर्णालीका स्थानीय तहलाई २७ अर्ब बजेट
आज ४२६ संक्रमित थप, ७४८ जना डिस्चार्ज
आज ४२६ संक्रमित थप, ७४८ जना डिस्चार्ज
समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति
समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति
बालिका करणीकाे अाराेपमा एकजना पक्राउ !
बालिका करणीकाे अाराेपमा एकजना पक्राउ !
आइएफआरसी महासचिवमा पहिलो नेपाली चापागाईंद्वारा पदभार ग्रहण
आइएफआरसी महासचिवमा पहिलो नेपाली चापागाईंद्वारा पदभार ग्रहण

तपाईंले छुटाउनुभयो कि?