एक क्विन्टल गाँजा बरामद

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
५३ पटक हेरिएको
Shares
एक क्विन्टल गाँजा बरामद

सारांश

  • चितवन, २० फागुन , जिल्ला वन कार्यालयको सहयोगमा प्रहरीले एक क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गएराति राप्ती नगरपालिका– ११ आँपपानीबाट करिब एक क्विन्टल गाँजा बरामद गरिएको हो ।
  • सामुदायिक वनमा काठ चोरी हुने गरेको सूचनाको आधारमा निगरानीका लागि गएको जिल्ला वन अधिकृत केदारनाथ पौडेल, सशस्त्र वन रक्षक र शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यसहितको टोलीले गाँजा फेला पारेका हुन् ।

चितवन, २० फागुन , जिल्ला वन कार्यालयको सहयोगमा प्रहरीले एक क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गएराति राप्ती नगरपालिका– ११ आँपपानीबाट करिब एक क्विन्टल गाँजा बरामद गरिएको हो ।

सामुदायिक वनमा काठ चोरी हुने गरेको सूचनाको आधारमा निगरानीका लागि गएको जिल्ला वन अधिकृत केदारनाथ पौडेल, सशस्त्र वन रक्षक र शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यसहितको टोलीले गाँजा फेला पारेका हुन् ।

डिजिटारबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ९१०० नंको अटोलाई चेक गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको उहाँले बताउनुभयो । टोलीलाई देख्नासाथ अटोमा रहेका दुईजना भागेको र अन्य दुईजनालाई नियन्त्रणमा लिएर वनको टोलीले प्रहरीलाई बुझाएको थियो ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका– ४ का २५ वर्षीय राजन तामाङ र ३७ वर्षीय कुमार तामाङ रहेका छन् । दुवैजनालाई लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने ढकालले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्शाको विषय सुल्झिएपछि मात्र भारतले सीमाबारे कुरा गर्ने
नक्शाको विषय सुल्झिएपछि मात्र भारतले सीमाबारे कुरा गर्ने
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट
राजपा सांसद साहले गरे विमानस्थलमा तोडफोड
राजपा सांसद साहले गरे विमानस्थलमा तोडफोड
४६५ कोरोना संक्रमित थपिए, कूल ७० जनाको मृत्यु
४६५ कोरोना संक्रमित थपिए, कूल ७० जनाको मृत्यु
‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ
‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ
‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे
‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे
कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छ: सुरेन्द्र
‘आलोपालो टुंगो छैन’
‘आलोपालो टुंगो छैन’
जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव
जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव
टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद
टीकापुर काण्डका योजनाकारलाई करोडौं दिइएकोमा विरोधसहित सेनाले पठायो सन्देश : पर्यो फसाद

तपाईंले छुटाउनुभयो कि?