कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र २४, २०७४
|
|
६२ पटक हेरिएको
Shares
कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा

सारांश

  • सुर्खेत, २४ चैत, ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
  • कर्णाली प्रदेश सरकारको आयोजनामा यही वैशाख १ गतेबाट रारा तालमा शुरु हुने पर्यटन वर्षको तयारीको काम अन्तिम चरणमा पुगेको मुख्यमन्त्रीसमेतको कार्यभार सम्हाल्नुभएका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
  • कर्णालीको राराबाट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्ने कार्यक्रम रहेको बताउँदै उहाँले राराबाटै कर्णालीको समृद्धि र विकासको यात्रा शुरु हुने भन्नुभयो ।

सुर्खेत, २४ चैत, ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

कर्णाली प्रदेश सरकारको आयोजनामा यही वैशाख १ गतेबाट रारा तालमा शुरु हुने पर्यटन वर्षको तयारीको काम अन्तिम चरणमा पुगेको मुख्यमन्त्रीसमेतको कार्यभार सम्हाल्नुभएका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

कर्णालीको राराबाट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्ने कार्यक्रम रहेको बताउँदै उहाँले राराबाटै कर्णालीको समृद्धि र विकासको यात्रा शुरु हुने भन्नुभयो ।

मन्त्री ज्वालाकाअनुसार कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को शुभारम्भका लागि सुरक्षा, आवास, भोजन, स्वागतलगायतका तयारी पूरा भएका छन् । पर्यटन वर्षलाई सफल बनाउनका लागि प्रदेशका १० वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन समिति गठन गरिएका छन् । यसका साथै कालिकोट, डोल्पा र हुम्लामा पनि पर्यटन वर्षको तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार पर्यटन वर्षलाई सफल पार्न १० वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य रहेको समिति गठन गरिएका छन् ।

रारामा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

कर्णाली प्रदेश सरकारले एक वर्षमा रारामा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । रारामा आउने पर्यटकका लागि सडकमार्गको स्तरोन्नति, आवास र भोजन व्यवस्थापनलाई सरकारले प्रमुख चुनौतिका रुपमा लिएको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले बताउनुभयो ।

निजी क्षेत्रसँग सहकार्य गरेर यी चुनौतीलाई अवसरमा बदल्ने उहाँको भनाइ छ । सुर्खेतदेखि रारातालसम्मको दुई सय ९४ किलोमिटर सडकको स्तरोन्नतिको काम शुरु गरिएको मन्त्री केसीले जानकारी दिनुभयो । पर्यटन वर्ष उद्घाटनका लागि आउने प्रधानमन्त्रीसहितका पाहुनालाई स्थानीय उत्पादन कर्णालीको जुम्लीमार्सी, फापर, कोदोलगायतका परिकार उपहारमा दिइने पनि उहाँले बताउनुभयो ।

चार स्थानबाट उद्घाटन हुने

पर्यटन वर्षको सुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालसहित चार स्थानबाट गर्नुहुने भएको छ । प्रधानमन्त्री ओली रारासँगै चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, डोल्पाको शे–फोक्सुण्डो र कालिकोटको पाँचालझरना पुगेर पर्यटन वर्षको शुभारम्भ गर्ने उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो ।

कर्णालीको समृद्धि र विकासका लागि २०७५ साललाई पर्यटन वर्षका रुपमा मनाउने निर्णय प्रदेश सरकारको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशको राजधानी माग्दै दाङमा भोलि उल्टो शंख बजाउने तयारी
प्रदेशको राजधानी माग्दै दाङमा भोलि उल्टो शंख बजाउने तयारी
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
प्रधानमन्त्री अस्पताल भर्ना र क्रिकेट कप्तान नियुक्ति एकैदिन, डिस्चार्जपछि आयो बधाइ
अझै पनि छोराकै भाउ, जीवित छोरीभन्दा मरेका छोराको याद
अझै पनि छोराकै भाउ, जीवित छोरीभन्दा मरेका छोराको याद
​राष्ट्र बैंकले छाप्यो नयाँ नोट
​राष्ट्र बैंकले छाप्यो नयाँ नोट
थप दुई ब्रुमर ल्याउँदै कामपा
थप दुई ब्रुमर ल्याउँदै कामपा
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
गोरखाबाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित
गोरखाबाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित
‘विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर’
‘विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर’
क्यालिफोर्निया डढेलो फैलिनुमा ‘गलत वातावरणीय कानून’ दोषी ः ट्रम्प
कोरियाग्राफर गम्भीर र अभिनेत्री शुष्माको लेनदेन विवाद
कोरियाग्राफर गम्भीर र अभिनेत्री शुष्माको लेनदेन विवाद

तपाईंले छुटाउनुभयो कि?