बिमस्टेक: भीभीआईपीको हरेक गाडीसँग एउटा एम्बुलेन्स

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १०, २०७५
|
|
६० पटक हेरिएको
Shares
बिमस्टेक: भीभीआईपीको हरेक गाडीसँग एउटा एम्बुलेन्स

सारांश

  • काठमाडौं,१० भदाै।
  • यही १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनका लागि आउने विशिष्ट पाहुनाका लागि सरकारले विशेषज्ञसहितको विशिष्ट स्वास्थ्य सेवा दिने भएको छ ।
  • यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिव पुष्पा चौधरीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ ।

काठमाडौं,१० भदाै। यही १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनका लागि आउने विशिष्ट पाहुनाका लागि सरकारले विशेषज्ञसहितको विशिष्ट स्वास्थ्य सेवा दिने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिव पुष्पा चौधरीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ ।  मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट युनिटका प्रमुख चूडामणि भण्डारीका अनुसार विशिष्ट पाहुनाको स्वास्थ्य सुरक्षाका लागि विमानस्थल, सम्मेलनस्थल र होटलमा भेन्टिलेटरसहितको एम्बुलेन्स, चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली रहनेछ ।

स्वास्थ्य मन्त्रालयले विमानस्थलदेखि होटलसम्म विशेषज्ञ चिकित्सकसहितको एउटा एम्बुलेन्स सञ्चालन गर्नेछ । त्यसैगरी आकस्मिक अवस्थाका लागि १३ वटा एम्बुलेन्स राखिएको छ । नेपाल एम्बुलेन्स सर्भिसका ६ वटा एम्बुलेन्स पनि तैनाथ रहनेछन् । नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्तपाल, नेपाल प्रहरी र आर्मी अस्पताल पनि स्वास्थ्य सेवाका लागि तयार रहनेछन् ।  बिमस्टेकमा आउने विशिष्ट पाहुनालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीहरुको २ वटा टोली गठन गरी सेवा दिनेछ । विमानस्थलमा ३ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सेवा दिनेछ । प्रत्येक विशिष्ट पाहुनाको गाडीसँगै एउटा एम्बुलेन्स रहनेछ ।

सम्मेलन हुने सोल्टी होटलमा २४ सै घण्टा ८ जनाको टोली उपचारका लागि तैनाथ रहनेछ । टोलीमा जनरल फिजिसियन, सर्जन, अर्थोपेडिक सर्जन, एमडी जनरल प्राक्टिसनर, एनेस्थेसियोलोजिष्ट, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट तथा नर्स रहनेछन् । भेन्टिलेटरसहित ए ग्रेडको एम्बुलेन्सका लागि मन्त्रालयले नेपाल एम्बुलेन्स सर्भिससँग समन्वय गरेको छ ।

निजामति अस्पताल र काठमाडौं मेडिकल कलेजले त्रिभुवन विमानस्थलमा आकस्मिक स्वास्थ्य उपचार सेवा दिनेछन् । त्यसैगरी वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र नर्भिक अस्पतालले आकस्मिक मेडिकल टोली परिचालन गर्नेछन् । यसको सुपरीवेक्षण मन्त्रालयले गर्नेछ । यी अस्पतालले आईसियु र सिसियु, विशिष्ट तथा अति विशिष्ट उपचार कक्षको व्यवस्था गर्ने र एम्बुलेन्ससहितको सेवा दिने बताइएको छ ।

सैनिक अस्पताल छाउनी र बयोधा अस्पताल बल्खु, पाटन अस्पताल, नेपाल मेडिसिटी अस्पतालले आईसीयु तथा सिसियु कक्ष तयारी अवस्थामा राख्नेछन् र एयर एम्बुलेन्स सेवा दिनेछन् । त्रिवि शिक्षण अस्पताल, सैनिक अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले विशिष्ट तथा अति विशिष्ट उपचार कक्षको व्यवस्था गरेर सेवा दिने मन्त्रालयले जनाएको छ । त्यस्तै, ग्रान्डी अस्पतालले आईसीयु तथा सिसियु कक्ष तयारी अवस्थामा राखेको जनाएको छ । सो अस्पताललाई आकस्मिक रुपमा एयर एम्बुलेन्स र हेलीप्याड तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के करण अझै शुरु भएन डोल्पामा मतगणना ,यस्तो छ संसनिपुर्ण खुलासा
राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल निर्वाचित
राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल निर्वाचित
पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प
पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प
महिला भलिबल : नेपाल भारतसँग पराजित
महिला भलिबल : नेपाल भारतसँग पराजित
Ranbir Kapoor turns Munna Bhai in the new teaser of ‘Sanju’
Ranbir Kapoor turns Munna Bhai in the new teaser of ‘Sanju’
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
गाउँपालिका, नगरपालिकाले उठाएको करबारे अध्ययन गर्न सरकारले बनायो समिति
गाउँपालिका, नगरपालिकाले उठाएको करबारे अध्ययन गर्न सरकारले बनायो समिति
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
मनसुन सक्रिय भएसँगै मुलुकभर उच्च सतर्कता: तीन दिन भारी वर्षा र आकस्मिक बाढीको जोखिम
मनसुन सक्रिय भएसँगै मुलुकभर उच्च सतर्कता: तीन दिन भारी वर्षा र आकस्मिक बाढीको जोखिम
त्रिशूलीमा ट्रक खस्यो, खोजीकार्य जारी
त्रिशूलीमा ट्रक खस्यो, खोजीकार्य जारी

तपाईंले छुटाउनुभयो कि?