मनसुन सक्रिय भएसँगै मुलुकभर उच्च सतर्कता: तीन दिन भारी वर्षा र आकस्मिक बाढीको जोखिम
सारांश
- जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आगामी तीन दिन मनसुन थप सक्रिय भई भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ।
- विभागले विशेष गरी सुन्तला रङले सङ्केत गरेका जोखिमयुक्त क्षेत्रका नागरिकलाई सम्भावित प्राकृतिक विपत्तिबाट बच्न उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको हो।
- विभागका अनुसार बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा आगामी तीन दिन मनसुन थप सक्रिय भई भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागले विशेष गरी सुन्तला रङले सङ्केत गरेका जोखिमयुक्त क्षेत्रका नागरिकलाई सम्भावित प्राकृतिक विपत्तिबाट बच्न उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको हो। विभागका अनुसार बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने सम्भावना छ।
मौसम पूर्वानुमान अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। विभागका प्रवक्ता विभूति पोखरेलले विगत २४ घण्टामा पनि देशका धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा रेकर्ड भइसकेको जानकारी दिनुभएको छ। मङ्गलबार र बुधबार समेत यो क्रम जारी रहने हुँदा पहाडी भू-भागमा भूक्षय र तराईमा जलमग्न हुन सक्ने स्थितिप्रति विभागले सतर्क रहन आग्रह गरेको छ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला र काभ्रेपलाञ्चोक भएर बहने स-साना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य बढेर आकस्मिक बाढी आउने उच्च जोखिम रहेको औँल्याएको छ। साथै ताप्लेजुङ, सिन्धुपाल्चोक, गोरखा र कास्कीसहित देशका अन्य २४ भन्दा बढी जिल्लाका नदी तटीय क्षेत्रमा मध्यम जोखिम रहने प्रक्षेपण गरिएको छ। खोलानालाको सतह अचानक बढ्ने भएकाले तल्लो तटीय क्षेत्रका बस्तीलाई सुरक्षित रहन भनिएको छ।
होचा भूभाग तथा नदी किनारका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा सर्नका लागि पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको छ।मध्यम जोखिम भएका क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन र नदी किनारमा अनावश्यक आवतजावत नगर्न समेत महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रतिक्रिया