सांसदले कार्यकर्तालाई साइकल बाँड्नेदेखि योग शिविरसम्मका काममा बजेट खर्च

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ४, २०७५
|
|
५५ पटक हेरिएको
Shares
सांसदले कार्यकर्तालाई साइकल बाँड्नेदेखि योग शिविरसम्मका काममा बजेट खर्च

सारांश

  • निर्वाचन क्षेत्र पूर्वाधार विकास बजेट – सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् ।
  • उनीहरूले साइकल किनेर कार्यकर्तालाई बाँड्नेदेखि योग शिविर चलाउनेसम्मका काममा बजेट खर्च गरेका छन् ।
  • सभा, सम्मेलन र गोष्ठीमा समेत बजेट खर्च गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास बजेट –

सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् । उनीहरूले साइकल किनेर कार्यकर्तालाई बाँड्नेदेखि योग शिविर चलाउनेसम्मका काममा बजेट खर्च गरेका छन् । सभा, सम्मेलन र गोष्ठीमा समेत बजेट खर्च गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

सार्वजनिक खरिद नियमावलीअनुसार विकासमा छुट्याइएको रकम वितरणमुखी कार्यक्रम, सभा, सम्मेलन वा गोष्ठीमा खर्च गर्न पाइँदैन । तर, निर्वाचन क्षेत्र पूर्वाधार विकासको बजेटले बारामा १७० र रौतहटमा ३१४ गरी ४८४ साइकल खरिद गरेर वितरण गरिएको छ । यसमा ३४ लाख २८ हजार खर्च गरिएको महालेखा परीक्षकको ५५औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

विकासको पैसा योग शिविरमा खर्च
जिल्ला समन्वय समिति काठमाडौंले एक सांसदको सांसद विकास कार्यक्रमबाट कोटेश्वरमा उपभोक्ता समितिमार्फत योग शिविर चलाएको छ । जसमा प्रशिक्षण भत्ताबापत ७ लाख २८ हजार, खाना, साउन्ड र त्रिपाल भाडामा ६ लाख ६१ हजार रुपैयाँ खर्च गरिएको छ । त्यस्तै, कागेश्वरी मनोहरामा भाषा र योग शिविरमा ६ लाख ४२ हजारसमेत गरी २० लाख ३१ हजार र कुलेश्वरको योगपार्क निर्माणमा ११ लाख ५० हजारसमेत ३० लाख ७६ हजार खर्च गरिएको छ ।

उपभोक्ता समितिको नाममा मनोमानी
सार्वजनिक खरिद नियमावलीअनुसार उपभोक्ता समितिले पाएको काम कुनै पनि निर्माण व्यवसायीबाट गराउन मिल्दैन । मकवानपुरमा जिल्ला समन्वय समिति र उपभोक्ता समितिबीच ५ डिप ट्युबेल बोरिङ गर्न ६१ लाख ४५ हजार रुपैयाँमा सम्झौता भएपछि उपभोक्ता समितिले सो काम निर्माण व्यवसायीलाई दिएको छ । दश लाखभन्दा बढीको लागत अनुमान भएको खरिद कार्य बोलपत्रको माध्यमबाट गर्नुपर्ने नियम छ । तर, मकवानपुरमा १० वटा उपभोक्ता समितिले एउटै फर्मबाट विद्युत्को पोल खरिद गरेको बिलको आधारमा १ करोड ८ लाख २५ हजार भुक्तानी भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा विमान दुर्घटना : पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने
पोखरा विमान दुर्घटना : पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने
सरकारले डा. केसीसँग वार्ता गर्दैन : खगराज अधिकारी
सरकारले डा. केसीसँग वार्ता गर्दैन : खगराज अधिकारी
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन
सातै प्रदेशमा चुनाव केन्द्रित गतिविधि  ;; राप्रपा
सातै प्रदेशमा चुनाव केन्द्रित गतिविधि ;; राप्रपा
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका दुई सांसदको संशोधन प्रस्ताव
गर्भनर हटाउने खेल शुरु
गर्भनर हटाउने खेल शुरु
आज सरकारमा मन्त्री थपिने सम्भावना, यी हुन चर्चित नाम
आज सरकारमा मन्त्री थपिने सम्भावना, यी हुन चर्चित नाम
सगरमाथाको उचाइ मापनमा ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न, कति कायम हुन्छ त उचाइ ?
सगरमाथाको उचाइ मापनमा ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न, कति कायम हुन्छ त उचाइ ?
बाबुराम भेट्न अस्पताल पुगे प्रचण्ड, छिट्टै नयाँ छलफल सुरु हुने
बाबुराम भेट्न अस्पताल पुगे प्रचण्ड, छिट्टै नयाँ छलफल सुरु हुने
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

तपाईंले छुटाउनुभयो कि?