नीति तथा कार्यक्रम पारित

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख ५, २०७५
|
|
५६ पटक हेरिएको
Shares
नीति तथा कार्यक्रम पारित

सारांश

  • पोखरा, ५ वैशाख, प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।
  • सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो ।
  • प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्ताव गर्नुभएकामा उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

पोखरा, ५ वैशाख, प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो ।

प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्ताव गर्नुभएकामा उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

यसअघि नीति तथा कार्यक्रम माथिको छलफलमा आज प्रदेशसभा सदस्य मायानाथ अधिकारी, दोबाटे विश्वकर्मा, रामजी बराल(जीवन), कृष्ण थापा, चन्द्रमोहन गौचन, विष्णुप्रसाद लामिछाने, गायत्री गुरुङ, पियारी थापा, धनञ्जय दबाडी, बिन्दुकुमार थापा, दीपक थापा, सावित्रा राना, सरिता गुरुङ, विनोद केसी, मनबहादुर गुरुङ, मनकुमारी गुरुङ, प्रभा कोइराला, जुनादेवी नेपाली र मोहनप्रसाद रेग्मीले बोल्नुभएको थियो ।

बोल्ने प्रदेशसभा सदस्यमध्ये सत्तापक्षीय सदस्यले नीति तथा कार्यक्रमले प्रदेशको समृद्धि र विकासका लागि मार्ग प्रशस्त गरेको धारणा राख्नुभयो भने प्रतिपक्षका सदस्यले नीति तथा कार्यक्रमले राजनीतिक आन्दोलनका उपलब्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेको उपेक्षा भएको, नीति तथा कार्यक्रम महत्वाकांक्षी भएको उल्लेख गर्नुभयो ।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको अधिकतम उपयोग गर्दै समृद्धि र विकासमा अघि बढने धारणा राख्नुभयो ।

नीति तथा कार्यक्रम विशेषगरी आगामी तीन महिनाका लागि लक्षित भएको धारणा राख्दै उहाँले छलफलमा छुटेका विषयवस्तुलाई आगामी दिनमा समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघीयताको कार्यान्वयनका सन्दर्भमा यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताउँदै उहाँले यसका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो ।

प्रदेशसभाको अर्को बैठक वैशाख ६ गते १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मल हाल्न नपाउँदा धानमा देखिन थाल्यो गबारो
मल हाल्न नपाउँदा धानमा देखिन थाल्यो गबारो
प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न  कम्युनिस्ट घटकको माग
प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न कम्युनिस्ट घटकको माग
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !
प्रधानमन्त्री ओलीले कुलमानलाई प्राधिकरणमा पुननियुक्ति गर्न सोमबारको मन्त्रिपरिषद्को प्रस्ताव अस्वीकार गरेको खुलासा
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई पदक
अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई पदक
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
मुखमा कपडा कोचेर, गहगहना लुटियो
मुखमा कपडा कोचेर, गहगहना लुटियो
भोजपुरमा शेरधन राई ५ हजार मतले अगाडि !
भोजपुरमा शेरधन राई ५ हजार मतले अगाडि !
200 arrested, dozens hurt in fresh Tunisia unrest
200 arrested, dozens hurt in fresh Tunisia unrest

तपाईंले छुटाउनुभयो कि?