परराष्ट्रमन्त्री ज्ञवालीले चीन पुगेर राखे यी ५ कुरा…

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ७, २०७५
|
|
६० पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री ज्ञवालीले चीन पुगेर राखे यी ५ कुरा…

सारांश

  • काठमाडौं : चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशको तीव्र आर्थिक विकासका लागि सामूहिक सहकार्यमा जोड दिएका छन् ।
  • दुई देशले सहकार्यका क्षेत्र पहिचान गरेर सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
  • बिहीबार चाइना रिफर्म फोरमले बेइजिङमा ‘२१ औं शताब्दीमा नेपाल-चीन सम्बन्ध’बारे आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले दुवै देशको विकासका लागि सहकार्य गर्नुपर्ने पाँच क्षेत्र सुझाए ।

काठमाडौं : चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई देशको तीव्र आर्थिक विकासका लागि सामूहिक सहकार्यमा जोड दिएका छन् । दुई देशले सहकार्यका क्षेत्र पहिचान गरेर सामूहिक रूपमा काम गर्नुपर्नेमा जोड दिए । बिहीबार चाइना रिफर्म फोरमले बेइजिङमा ‘२१ औं शताब्दीमा नेपाल-चीन सम्बन्ध’बारे आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले दुवै देशको विकासका लागि सहकार्य गर्नुपर्ने पाँच क्षेत्र सुझाए । उनले भने, ‘दुवै देशले अब सामूहिक सहकार्यका क्षेत्र पहिचान गरेर काम गर्नु आवश्यक छ ।’

मन्त्री ज्ञवालीले यातायात र कनेक्टिभिटी, कृषि, उद्योग र प्रविधि हस्तान्तरण, मानवीय सम्भावना, प्राकृतिक स्रोत र वातावरणका साथै व्यापार र लगानीमा दुवै देशले सहकार्य गर्नुपर्ने खाँचो औंल्याए । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग सहज पहुँचका लागि यातायातमा जोड दिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने, ‘विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग पूर्वाधार अभावका कारण व्यापार, उद्योग र जनता-जनताबीचको सम्बन्धमा कठिनाइ भएको महसुस नेपालले गरेको हो । त्यसैले नेपाल रेल, सडक, ऊर्जा, दूरसञ्चार, हवाईमार्गबाट चीन हुँदै अन्तर्राष्ट्रिय जगतसँग जोडिन चाहन्छ ।’ उनले चीनसँगको सहज यातायात पहुँचले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने बताउँदै हिमालय वारपार बहुआयामिक यातायात सञ्जालमा दुवै देशबीच सहमति भएको बताए ।

ज्ञवालीले नेपालको दुईतिहाइ जनसंख्या कृषिमा निर्भर रहे पनि कृषिमा परनिर्भरता रहेको बताए । उनले कृषिसम्बन्धी चिनियाँ प्रविधि र अनुभव नेपालका लागि महत्वपूर्ण हुने उल्लेख गरे । यस्तै, नेपालका करिब तीन करोड जनताले आफ्नै जीवनकालमा समृद्धिको सपना देखेको उनले बताए, ‘नेपालमा आधाभन्दा बढी युवा संख्या छ । तिनको परिचालनमार्पmत देशलाई समृद्धितर्फ लैजान सकिन्छ ।’

१. यातायात र कनेक्टिभिटी
२. कृषि, उद्योग र प्रविधि,
३. मानवीय सम्भावना
४. प्राकृतिक स्रोत र वातावरण
५. लगानी र व्यापार

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावपछि एमालेसँगको गठबन्धन तोड्ने प्रचण्डको  रणनीति !
चुनावपछि एमालेसँगको गठबन्धन तोड्ने प्रचण्डको रणनीति !
मन्त्रीको नाममा टुंगो लगाउन बस्ने भनिएको माआवादी बैठक स्थगित
मन्त्रीको नाममा टुंगो लगाउन बस्ने भनिएको माआवादी बैठक स्थगित
सुन तस्करी प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का साथी बेनु श्रेष्ठलाई नेपाल झिकाइयो
यूएस-बंगाल जहाज दुर्घटनामा मुख्य दोषी को? आयो प्रतिवेदन
यूएस-बंगाल जहाज दुर्घटनामा मुख्य दोषी को? आयो प्रतिवेदन
नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा
नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा
नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक
नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
३६९ नेपाल प्रहरीमा कोरोना सङ्क्रमन, १४९ ‘डिस्चार्ज’
३६९ नेपाल प्रहरीमा कोरोना सङ्क्रमन, १४९ ‘डिस्चार्ज’
काभ्रेको रोशी गाउँपालिका १२ मा माओवादी केन्द्रको प्यानलै विजय
काभ्रेको रोशी गाउँपालिका १२ मा माओवादी केन्द्रको प्यानलै विजय
१५ लाख घुससहित वडा अध्यक्ष पक्राउ
१५ लाख घुससहित वडा अध्यक्ष पक्राउ

तपाईंले छुटाउनुभयो कि?