सुन तस्करी प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का साथी बेनु श्रेष्ठलाई नेपाल झिकाइयो

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २९, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ २९,असोज।
  • अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा साढे ३८ सय किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती का साथी बेनु श्रेष्ठ लाई नेपाल झिकाइएको छ।
  •  दुबईबाट उनलाई आइतबार नेपाल झिकाइएको प्रहरीले जनाएको छ।

काठमाडौ २९,असोज। अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा साढे ३८ सय किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती का साथी बेनु श्रेष्ठ लाई नेपाल झिकाइएको छ। दुबईबाट उनलाई आइतबार नेपाल झिकाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा नेपाल प्रहरीको इन्टरपोल शाखा काठमाडौंले श्रेष्ठविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो।गृह मन्त्रालयद्धारा गठित उच्चस्तरीय छानविन समितिको प्रतिवेदन र जिल्ला सरकारी वकिल कार्यालय मोरङले जिल्ला अदालत विराटनगरमा पेस गरेको अभियोग पत्रका अनुसार श्रेष्ठ र गोरेको मिलेमतोमा धेरै पटक त्रिभुवन विमानस्थलमार्फत सुन नेपाल भित्रिएको देखिएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?