चिनकाे ‘२०२५ प्लान’ले अमेरिका तनावमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १३, २०७५
|
|
५५ पटक हेरिएको
Shares
चिनकाे ‘२०२५ प्लान’ले अमेरिका तनावमा

सारांश

  • वासिङटन, १३ वैशाख ।
  •   अमेरिकाले चीनको २०२५ योजनाप्रति चिन्ता व्यक्त गरेको छ ।
  • यो योजनाका अनुसार चीन आधुनिक प्रविधि प्रयोग गरेर विश्वको उद्योगमा हावी हुने अमेरिकाले जनाएको छ ।

वासिङटन, १३ वैशाख ।  अमेरिकाले चीनको २०२५ योजनाप्रति चिन्ता व्यक्त गरेको छ । यो योजनाका अनुसार चीन आधुनिक प्रविधि प्रयोग गरेर विश्वको उद्योगमा हावी हुने अमेरिकाले जनाएको छ ।

अमेरिकी वाणिज्य मन्त्री विल्बर रोसले चीनले आफूलाई विश्वव्यापी प्रविधिको साठगाठको समूहमा परिवर्तन गर्ने योजना ल्याएको र यो भयावह भएको बताए । अमेरिकी मन्त्रीले आफ्नो देशको बौद्धिक सम्पत्ति चीनको यो रणनीतिबाट ठूलो खतरा भएको बताएका छन् । वस्त्र उद्योगका अधिकारीका साथ भएको बैठकमा रोसले यो एउटा ठूलो चिन्ताको विषय भएको बताएका छन् ।

रोसले भनेका छन्,“यो समस्या तत्काल हल हुने अवस्थामा छैन ।” उनले स्पष्ट रुपमा भनेका छन् कि विकास योजना ‘मेड इन चाइना २०२५’ को लक्ष्य अन्तरिक्षदेखि लिएर दुरसंचार तथा दुरसंचारदेखि रोबोटिक्स र इलेक्ट्रिक कारसम्म हावी हुने किसिमको छ ।

चीन हाल विश्वकै कारखानाको रुपमा परिचित रहदै आएको छ । चीनले अब प्राविधिक केन्द्र पनि बन्ने इच्छा व्यक्त गरेको छ । चीनको यो योजना अमेरिकाका लागि ठूलो चुनौती भएको विल्बर रोसले बताए । यति मात्र नभई विश्वका कतिपय विकासशील अर्थव्यवस्था भएको मुलुकलाई चीनको साथ र चीनले बढाएको सहयोग पनि अमेरिकाका लागि मुश्किल बन्न सक्ने धारणा उनको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल
विद्युतीय बसको बेहालः ११ महिनादेखि ग्यारेजमै थन्किए
विद्युतीय बसको बेहालः ११ महिनादेखि ग्यारेजमै थन्किए
विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’
विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’
टी-२० विश्वकपमा आज दुई खेल हुँदै
टी-२० विश्वकपमा आज दुई खेल हुँदै
नौ पक्की पुलको निर्माणमा रोक
नौ पक्की पुलको निर्माणमा रोक
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
प्रधानमन्त्री ओली गृहमन्त्रालयमा !
रुस युक्रेन युद्धमा विश्वको आधा जनसंख्या ओगट्ने देश तटस्थ
रुस युक्रेन युद्धमा विश्वको आधा जनसंख्या ओगट्ने देश तटस्थ
दाउरा बोकेको ट्र्याक्टर दुर्घटना : एकको मृत्यु
दाउरा बोकेको ट्र्याक्टर दुर्घटना : एकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?