विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन सबै शाखाहरुलाई महासंघको आग्रह

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १६, २०७५
|
|
५६ पटक हेरिएको
Shares
विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन सबै शाखाहरुलाई महासंघको आग्रह

सारांश

  • काठमाडौं, १६ बैशाख ।
  • नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले यही बैशाख २० गते (मे ३) मा विश्व प्रेस स्वतन्त्रता दिवसलाई विभिन्न कार्यक्रमसहित देशभर मनाउने निर्णय गरेको छ ।
  • महासंघ केन्द्रको आयोजनामा उक्त दिन बिहान प्रभातफेरी र दिउँसो अन्तरक्रिया तथा सगरमाथा आरोहणमा सहभागी पत्रकार महिलालाई पुरस्कार प्रदानसहितका कार्यक्रमको आयोजना गरिने महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं, १६ बैशाख । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले यही बैशाख २० गते (मे ३) मा विश्व प्रेस स्वतन्त्रता दिवसलाई विभिन्न कार्यक्रमसहित देशभर मनाउने निर्णय गरेको छ । महासंघ केन्द्रको आयोजनामा उक्त दिन बिहान प्रभातफेरी र दिउँसो अन्तरक्रिया तथा सगरमाथा आरोहणमा सहभागी पत्रकार महिलालाई पुरस्कार प्रदानसहितका कार्यक्रमको आयोजना गरिने महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा महासंघका शाखाहरुले पनि उक्त दिन अन्तरक्रिया एवं विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी विश्व प्रेस स्वतन्त्रता दिवसलाई भव्यरूपमा मनाउन सूचित गरिएको छ । २०७५ वैशाख २० गते महासंघका उपत्यकास्थित तीन जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएट संस्थालाई विश्व प्रेस स्वतन्त्रता दिवसका दिन महासंघ केन्द्रले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा आ–आफ्नो शाखाको व्यानरसहित सबै पदाधिकारी तथा सदस्यहरुको उपस्थितिको व्यवस्था गर्न पनि महासंघले आग्रह गरेको छ ।

प्रभातफेरी कार्यक्रम विहान ६ः४५ बजे काठमाडौंको बबरमहलस्थित सडक विभाग अगाडिबाट सुरु भई बानेश्वरस्थित संघीय संसद् भवनको पश्चिममा पुगी समापन गरिने सबैमा जानकारी गराइएको छ ।

महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा सक्रिय सहभागिताका लागि सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज, अधिकारकर्मी, कानुन व्यवसायीलगायत आमनागरिकहरुमा हार्दिक आव्हान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीपशुपति हिन्दू विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढ्यो
श्रीपशुपति हिन्दू विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढ्यो
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल
अदालतद्वारा बसपार्क नभत्काउन आदेश
अदालतद्वारा बसपार्क नभत्काउन आदेश
नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि बिगार्न सक्दैन् : भारतीय मन्त्री हर्ष वर्धन
नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि बिगार्न सक्दैन् : भारतीय मन्त्री हर्ष वर्धन
मुक्तिनाथ दर्शन गर्न गएकी एक महिलाको मन्दिर नपुग्दै मृत्यु
मुक्तिनाथ दर्शन गर्न गएकी एक महिलाको मन्दिर नपुग्दै मृत्यु
जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला -अाेली । (भिडियाे सहित )
जितिन्छ भनेर नसुत्नुहाेला अझ बढि सक्रिय भएर प्रचार मा लाग्नु हाेला -अाेली । (भिडियाे सहित )
महिला प्रतिनिधित्वको प्रभाव : समानुपातिकबाट २९ पुरुष
महिला प्रतिनिधित्वको प्रभाव : समानुपातिकबाट २९ पुरुष
दीपिकाले रंगेहात देखेपछि रणवीरसँग भयाे ब्रेकअप
दीपिकाले रंगेहात देखेपछि रणवीरसँग भयाे ब्रेकअप
रास्वपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
रास्वपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
आजको राशीफल
आजको राशीफल

तपाईंले छुटाउनुभयो कि?